पाठेघरको मुखको क्यान्सरसम्बन्धी अभिमुखीकरण सम्पन्न

विराटनगर । विराटनगर महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई पाठेघरको मुखको क्यान्सरसम्बन्धी एकदिने अभिमुखीकरण दिइएको छ ।
करुणा फाउण्डेसनसँगको सहकार्यमा महानगरले जनप्रतिनिधि र कर्मचारीका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो ।

पाठेघरको मुखको क्यान्सरको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले करुणा फाउण्डेसनसँगको सहकार्यमा महानगरले १९ वटै वडामा परीक्षण अभियान सञ्चालन गर्दैछ । करुणा फाउण्डेसनले सम्बन्धित पालिकाहरुको नेतृत्वमा चालु आर्थिक वर्ष २०८१÷८२ का लागि कोशी प्रदेशका चारवटा पालिकामा पाठेघरको मुखको क्यान्सरको पहिचान तथा रोकथाम परियोजना सञ्चालन गर्दैछ । सोही परियोजनाअन्तर्गत बिहीबार महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, वडाध्यक्षहरु काजीबहादुर बस्नेत, कुमार पोखरेल, वासुबहादुर बस्नेत, मधुबाबु तिवारी, तीर्थेन्द्र नेउपाने, उद्धव भुजेल, श्याम घिमिरेलगायतको उपस्थितिमा जनप्रतिनिधि र कर्मचारीलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।

परियोजनाअन्तर्गत विराटनगर महानगरपालिकाका करिब ४७ हजार महिलाहरुको पाठेघरको परीक्षण गरिने फाउण्डेशनकी कार्यक्रम अधिकृत रविना खड्काले जानकारी दिनुभयो । परीक्षणपश्चात पाठेघरमा समस्या देखिएका महिलाहरुको महानगरअन्तर्गतका बैजनाथपुर र रानी अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीपकुमार यादवले बताउनुभयो ।

परियोजना सफल बनाउन महानगरका १९ वटै वडामा १३९ जना महिला स्वयंसेविकाहरु परिचालन गरिनेछ । हरेक स्वयंसेविकाले करिब २ सयजना महिलालाई स्वास्थ्य केन्द्रमा परीक्षण गर्न ल्याउनेछन् । स्वयंसेविकाहरुले घरघरमा पुगेर जनचेतना फैलाउनुका साथै महिलाहरुलाई परीक्षण गर्नका लागि प्रोत्साहन गरेर स्वास्थ्य संस्थामा जान आग्रह गर्नेछन् । महानगरका १९ वटै वडामा सञ्चालित स्वास्थ्य केन्द्रमा पाठेघरको मुखको परीक्षण गरिनेछ ।

विराटनगर महानगरसहित कोशी प्रदेशका दुहबी, इनरुवा र धरानमा यो परियोजना सञ्चालन हुनेछ । चारवटै पालिकाको नेतृत्वमा करिब १ लाख ७ हजार ५ सय महिलाको परीक्षण गर्ने लक्ष्य लिएको छ । लक्ष्यको कम्तीमा ८० प्रतिशतले परीक्षण गर्ने अपेक्षा राखिएको फाउण्डेसनकी कार्यक्रम अधिकृत खड्काले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖