भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो

काठमाडौं, १३ मंसिर । विगत दुई दशकहरूमा अत्यधिक भूजल शोषणले पृथ्वीको अक्षलाई ३१.छ इन्चले ढल्काएको छ। 

 

नयाँ अध्ययनका अनुसार पानीको यस पुनर्वितरणले विश्व स्तरमा समुन्द्री सतहमा करिब ०.२४ इन्चको वृद्धि भएको छ ।

 

जियोफिजिकल रिसर्च लेटर्समा प्रकाशित अनुसन्धानले पृथ्वीको घुमाउरो ध्रुव सार्नमा भूजल निकासीले महत्त्वपूर्ण भूमिका खेल्ने देखाएको छ।

 

सियोल नेशनल युनिभर्सिटीका भू– भौतिकशास्त्री कि विओन सिओमाटको नेतृत्वमा गरिएको अनुसन्धानले देखाएको छ कि जलवायु परिवर्तन सम्बन्धित कारक हरू मध्ये यो पनि एक हो । भु जल पुनर्वितरणले पृथ्वीको घुमाउरो ध्रुवको झुकावमा सबैभन्दा ठूलो प्रभाव पार्छ।

 

अध्ययनका अनुसार सन् १९९३ देखि २०१० सम्म करिब २ हजार १ सय ५० गिगाटन भूमिगत पानी निकालिएको थियो । यसले ग्रहको झुकावमा ठूलो परिवर्तन ल्यायो। धेरै जसो पानी अन्ततः महासागरहरूमा जान्छ, जसले गर्दा समुद्रको सतह बढिरहेको छ ।

 

नासाका अनुसार पृथ्वीको यो झुकावका कारण पृथ्वीमा मौसम परिवर्तनहरू भईरहेका छन्। यो पुरानो झुकाव मंगल ग्रहको आकारको वस्तु थियासँग ठूलो पुरातन टक्करको कारण भएको थियो। यो ब्रह्माण्डीय टक्करले स्थायी रूपमा पृथ्वीलाई आफ्नो अक्षमा झुकायो । वसन्त, गर्मी र जाडोको चक्र सिर्जना गरिदियो  ।

 

अध्ययनका अनुसार हालैको झुकावले मौसममा छिटोछिटो परिवर्तन त गर्दैन तर यसले विश्वव्यापी जलवायु ढाँचालाई असर भने गर्न सक्छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।