नोवेलले विराटनगर वडा नं. ४ का बासिन्दालाई उपचारमा विशेष छुट उपलव्ध गराउने

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ४ का बासिन्दाहरुलाई उपचारमा विशेष छुट उपलव्ध गराउने उद्देश्यले मिति २०८१ मंसिर २३ गते विराटनगर महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष श्री जितन थापा तथा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका अस्पताल निर्देशक प्रा. डा. राजेश नेपाल बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

जस अन्तर्गत वडा नं. ४ का विरामीहरुलाई अस्पताल सेवाहरुमा २५ प्रतिशत, अपरेसन शुल्क र औषधीमा १० प्रतिशत छुट उपलव्ध हुने छ । सामाजिक सुरक्षा कोष अन्तर्गत रहेका विरामीहरुलाई भने नियमानुसार भुक्तानी गर्नु पर्ने २० प्रतिशत सहभुक्तानी छुट हुने छ ।

यो सुविधा लिनको लागि विरामीले आफ्नो परिचय खुल्ने कागजात पेश गर्नु पर्ने छ । सम्झौता २०८१ मंसिर २३ गतेबाट लागु भई २०८२ असार मसान्त सम्म कायम रहने छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।