नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ काठमाडौं इकाईको २०औं अधिवेशन सम्पन्न, अवस्थीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौं । नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ, काठमाडौं इकाईले २०औं इकाइ अधिवेशन भव्य रूपमा सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनबाट कोश राज अवस्थी अध्यक्ष पदमा निर्वाचित भएका छन्।

कार्यक्रममा संघका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। अधिवेशनले संगठनलाई थप सक्रिय बनाउँदै औषधि क्षेत्रका मुद्दाहरूमा प्रभावकारी रूपमा काम गर्ने निर्णय गरेको छ।

चयन भएका पदाधिकारीहरू अध्यक्ष कोश राज अवस्थी,वरिष्ठ उपाध्यक्ष राजिव कुमार कर्ण,उपाध्यक्ष मनिश मल्लिक,सचिव बिनय रोक्का,सहसचिवहरू राज कुमार ठाकुर र चक्र रिमाल,कोषाध्यक्ष: सुदर्शन ढकाल र सह-कोषाध्यक्ष सम्झना कर्माचार्य रहेका छन् ।

कार्यकारी सदस्यहरूमा समीर जैसवाल, अतिश तिवारी, रञ्जित कुमार प्रसाद, अर्जुन सिलवाल, र आशिष चौलागाईं रहेका छन् ।

नव निर्वाचित अध्यक्ष अवस्थीले औषधि तथा बिक्री प्रतिनिधिहरूको समस्या समाधान गर्न आफ्नो नेतृत्वलाई नीतिगत तथा व्यावहारिक रूपमा केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, नवगठित कार्यसमितिले संगठनको प्रतिष्ठा र योगदानलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य लिएको छ।

संघका सदस्यहरू तथा सहभागीहरूले नव निर्वाचित नेतृत्वलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।