विराटनगरमा एकदिने फोल्डस्कोप तथा खगोल विज्ञान कार्यशाला सम्पन्न

विराटनगर । विराटनगर महानगरपालिकाअन्तर्गत रहेको खगोल तथा अन्तरीक्ष विज्ञान अध्ययन अनुसन्धान समितिको आयोजना एकदिने फोल्डस्कोप तथा खगोल विज्ञान कार्यशाला सम्पन्न भएको छ ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) को समेत सहआयोजना रहेको कार्यशाला आदर्श माविमा भएको थियो । कार्यशालामा सहभागी विज्ञान शिक्षकहरुलाई भारतबाट आएका डा. रफिक रासिद शेखले प्रशिक्षण दिनुभएको थियो । उहाँले शिक्षकहरुलाई फोल्डस्कोप (सानो माइक्रोस्कोप)का बारेमा जानकारी दिनुका साथै त्यसको उपयोग गरी शिक्षण सिकाईलाई कसरी प्रभावकारी बनाउने भन्ने विष्वायमा प्रशिक्षण दिनुभएको थियो । उहाँले विज्ञान शिक्षकहरुलाई सूक्ष्मदर्शी जीवदेखि विशाल ब्रम्हाण्डलाई अवलोकन गर्न विभिन्न स्रोत साधनहरुबारे जानकारी दिनुभयो । उहाँले सहभागी सबै शिक्षकहरुलाई एक–एक थान फोल्डस्कोप उपलब्ध गराउनुभयो ।

समापन समारोहमा महानगरपालिकाका मेयर नागेश कोइरालाले सहभागी शिक्षक–शिक्षिकाहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रमको प्रमुख अतिथिका रुपमा रहनुभएका मेयर कोइरालाले खगोल तथा अन्तरीक्ष विज्ञान अध्ययन अनुसन्धान समितिले निकै महत्वपूर्ण कार्य गरिरहेको आफूले पाएको बताउनुभयो । उहाँले समितिलाई आवश्यक पर्ने सहयोग महानगरले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मेयर कोइरालाले शिक्षक–शिक्षिकाहरुलाई सिकेको सीप र ज्ञानलाई विद्यार्थी जानकारी दिई विज्ञान तथा प्रविधितर्फ उनीहरुलाई आकर्षित गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा अनुसन्धान समितिका अध्यक्ष प्रविणकुमार विश्वास, उदीप पोखरेल, ओशन शर्मा कट्टेल, आदित्य झा, प्रितम साहलगायतले फोल्डस्कोप तथा खगोल विज्ञान कार्यशाला निकै फलदायी भएको बताउनुभयो । माइक्रोस्कोपको आकार ठूलो हुनुका साथै महँगो र उपयोग गर्न जटिल भएकाले फोल्डस्कोप प्रारम्भिक सिकाइका लागि निकै उपयोगी हुने आयोजक समितिका उदिप पोखरेलको भनाइ छ । फोल्डस्कोप सानो र गोजीमै बोक्न सकिने भएकाले बढी उपयोगी हुने पोखरेलले बताउनुभयो । कार्यशालामा विराटनगरका १० वटा सामुदायिक विद्यालयका २० जना प्रतिनिधि विज्ञान शिक्षकहरुको सहभागिता रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖