धनकुटाबाट धरान जांदै गरेको कारबाट लागुऔषध सहित २ जना पक्राउ

सुनसरी, पुस १३ गते । सुनसरीको धरान उप-महानगरपालिका-४ स्थिबाट लागुऔषध गाँजा बोकेको ग.२ च ८११७ नम्बरको कार सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पुस १२ गते दिउँसो विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी नायव उपरीक्षक प्रकाश जवेगुको कमाण्डमा खटिएको प्रहरी टोलीले धनकुटाबाट धरान तर्फ आउँदै गरेको ग. २ च ८११७ नम्बरको कारलाई रोकी चेकजाँच गर्ने क्रममा कारको डिकी भित्र प्लाष्टिकमा प्याक गरी लुकाई छिपाई राखेको ३७ किलोग्राम गाँजा वरामद गरेको हो ।

गाँजा बरामद भए संगै कार र चालक उदयपुर वेलका नगरपालिका-९ का २३ बर्षीय तिर्थ दर्जी र कारमा सवार बराहक्षेत्र नगरपालिका-१ का ४० बर्षीय कृष्ण बिसुङ्खे समेतलाई नियन्त्रणमा लिइ आवश्यक कानुनि कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।