इलामको डेरी उद्योगमा आगलागी, ३० लाखको क्षति

इलाम । इलामको सन्दकपुरस्थित डेरी उद्योगमा आगलागी हुँदा करिब ३० लाख बराबरको क्षति भएको छ ।

आज बिहान ९ बजे सन्दकपुर– ३ तालगाउँ बस्ने ४४ वर्षीय सागर खतिवडाको टिनको छानो सिमेन्टले प्लास्टर गरेको दुई तले घरमा आफैले सञ्चालन गरेको अनुकूल दूध डेरीमा आगलागी भएको हो ।

दूध तताउने क्रममा डेरीमा अचानक भएको सो आगलागीबाट घर,घरभित्र रहेको अन्नपात,लत्ताकपडा र डेरी पूर्ण रुपमा जलेर नष्ट हुँदा अन्दाजी ३० लाख बराबरको क्षति भएको इलाम प्रहरीले जनाएको छ ।

प्रहरी चौकी बन्दुकेबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा बिहान १०ः३५ बजे पूर्ण रुपमा आगो नियन्त्रणमा आएको थियो ।-माइपोखरी न्यूज

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।