सुनसरी र ताप्लेजुङबाट नियन्त्रित औषधी र लागुऔषध सहित ५ जना पक्राउ

विराटनगर, पुस १४ गते । सुनसरी र ताप्लेजुङबाट नियन्त्रित औषधी र लागुऔषध सहित ५ जनालाई पक्राउ गरिएको छ ।

हिजो राती ७ बजे अस्थाई प्रहरी पोष्ट श्यामचौकबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उपमहानगरपालिका १५ मिलन चौक स्थितमा स्कुटरमा सवार सोही स्थानका २७ बर्षीय सन्जिप गिरी र २३ बर्षीय रोजेश श्रेष्ठलाई नियन्त्रित औषधी स्पासपेन १२३ ट्याबलेट र लागुऔषध ट्रामाडोल ११७ क्याप्सुल सहित पक्राउ गरिएको हो ।

यसै गरी हिजो बिहान साँढे ४ बजे ताप्लेजुङ फुङलिङ नगरपालिका ४ गोस लाईन स्थितबाट जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले फुङलिङ ८ का २० बर्षीय राम तामाङ, फुङलिङ ४ का २१ बर्षीय सोनुहाङ लिम्बु र पाथिभरा याङवरक १ का १९ बर्षीय सुमन तामाङको साथबाट नियन्त्रित औषधी स्पासपेन १८ ट्याबलेट र लागुऔषध ट्रामाडोल १८ क्याप्सुल सहित पक्राउ गरिएको छ ।

पक्राउ परेका सबै जनाको थप अनुसन्धान भईरेहको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।