झापाको बिर्तामोडमा एकाबिहानै आगलागी

झापा, पुस १६ । झापाको बिर्तामोडमा एकाबिहानै आगलागी हुँदा २५ लाख रुपैयाँबराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

बिर्तामोड-७ मियाबाडीमा आज बिहानै लालबहादुर अधिकारीको ग्वाली र मिलमा आगलागी भएको हो । बिहान अन्दाजी ४ः४० बजेतिर मिलमा विद्युत सर्ट भई भएको सो आगलागीबाट अन्दाजी २५ लाखबराबरको क्षति भएको छ ।

आगलागीबाट मकै र पराल जलेको छ भने एउटा बाछी मरेको र अर्को घाइते भएको छ । साथै, मिलमा प्रयोग हुने उपकरणहरु जलेर नष्ट भएका छन् ।

बिर्तामोड नगरपालिकाको दमकल, गरामनी प्रहरी चौकीका प्रहरी र स्थानीयको सहयोगमा बिहान ६ः५२ बजे आगो पूर्णरुपमा नियन्त्रणमा लिइएको बिर्तामोड नगरपालिकाको वारुण यन्त्र कार्यालयले जनाएको छ ।-झापाटुडेबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।