इटहरीमा भेटिएको शङ्कास्पद वस्तु प्रेसर कुकर रहेको पुष्टि, कुकरभित्र राष्ट्रिय सुरक्षा दलको पर्चा

इटहरी । इटहरीमा भेटिएको शङ्कास्पद वस्तु कुकर रहेको पुष्टि भएको छ। इटहरी उपमहानगरअघि फेला परेको शङ्कास्पद वस्तु कुकर रहेको पुष्टि भएको हो।

नेपाली सेनाको काली शक्ति गणबाट आएको बम डिस्पोजल टोलीले डिस्पोज गर्ने क्रममा शङ्कास्पद वस्तु कुकर रहेको प्रहरीले जनाएको छ।

उक्त कुकरभित्र राष्ट्रिय सुरक्षा दल लेखिएको पर्चा भेटिएको छ । ‘कुकरभित्र राष्ट्रिय सुरक्षा दल भनेर लेखिएको पर्चा फेला परेको छ,’ एक प्रहरी अधिकृतले भने, ‘बम राखेको भन्दै प्रहरीलाई म्यासेज आएपछि विशेष सावधानी अपनाएका छौँ।’

सेनाले अब बूढीखोला नजिकै रहेको शङ्कास्पद वस्तु डिस्पोज गर्ने तयारी गरेको छ। इटहरी उपमहानगरपालिका कार्यालयको गेट नजिकै, सुनसरी र मोरङको सिमानामा पर्ने बूढी खोलाको पुल नजिकै र धरानको भोटे पुल नजिकै शङ्कास्पद बस्तु फेला परेको प्रहरीलाई सूचना आएको सुनसरी प्रहरी प्रमुख, एसपी सुमन तिम्सिनाले जानकारी दिए।

अरूतिर सहजै भेटिए पनि बूढीखोला नजिकै राखेको बम भने फेला पार्न नसकिने भन्दै प्रहरीमा म्यासेज आएको र त्यसबारे सूक्ष्म ढङ्गबाट अनुसन्धान भइरहेको उनले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।