मोरङ, सुनसरी र उदयपुरबाट लागुऔषध सहित ९ जना पक्राउ

विराटनगर, पुस १७ गते । मोरङ, सुनसरी र उदयपुरबाट लागुऔषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पुस १६ गते दिउँसो साढे २ बजे उदयपुरको कटारी नगरपालिका-४ स्थितमा लागु औषध बिक्री बितरण भई रहेको छ भन्ने बिषेश सुचनाको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्ने क्रममा लागुऔषध ट्रामाडोल र स्पास्मो ८ सय ७७ ट्याब्लेट सोही स्थानका ३१ बर्षीय बिनय सुनुवार, ३४ बर्षीय हरि कृष्ण राई, २६ बर्षीय करण लिम्बु, २२ बर्षीय बिशाल तामाङ र २० बर्षीय बिकेश तामाङलाई नियन्त्रणमा लिईएको छ ।

त्यसैगरी मोरङको विराटनगर महानगरपालिका-१५ बाट बेलबारी नगरपालिका-२ का ३७ बर्षीय सन्तोष पौडेललाई ३ ग्राम १६ मिलिग्राम ब्राउन सुगर र नाईट्राजाम २० चक्की सहित इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले नियन्त्रणमा लिईएको छ भने जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत प्रहरी कार्यालयहरुबाट विराटनगर महानगरपालिका-१८ स्थितमा खटिएको प्रहरी टोलीले को.१ च ९५८२ नम्बरको स्कारपियो गाडीबाट लागुऔषध गाँजा १ सय ५५ किलोग्राम बरामद गरेसगै चालक धरान उप-महानगरपालिका-१२ का २४ बर्षीय राहुल बिश्वकर्मा र गाडीमा सवार धनकुटा सहिदभुमी गाउँपालिका-६ का १९ बर्षीय सुरज राईलाई नियन्त्रणमा लिईएको छ ।

त्यस्तै इलाका प्रहरी कार्यालय दुहबी सुनसरीले गढी गाँउपालिका-२ घर भई हाल दुहबी नगरपालिका-३ स्थित डेरा गरी बस्दै आएका २३ बर्षीय ओम चौधरीलाई १ किलोग्राम गाँजा सहित पक्राउ गरेको हो । पक्राउ परेका सबै जनाको थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖