झापामा किशोरी बलात्कारको आरोपमा एक जना पक्राउ
झापा । झापामा १८ वर्षीया किशोरी बलात्कारको आरोपमा मेचीनगर नगरपालिका–१५ ज्यामिरगढी डेरा गरी बस्ने भारतको पश्चिम बंगाल हाँसीमारा घर भएका ३५ वर्षीय कुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
कुमारले ती किशोरीलाई शुक्रबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।


