धनकुटाबाट धरानतर्फ जाँदै गरेको पिकअपबाट साढे ५६ किलो गाँजा सहित धरानबाट तीन जना पक्राउ

सुनसरी – प्रहरीले धरानबाट लागुऔषध गाँजासहित तीद्द जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-२० बस्ने ३४ वर्षीय कमल राई, २३ वर्षीय प्रदीप राई र धनकुटा साँगुरीगढी गाउँपालिका-९ बस्ने २० वर्षीय राजु विश्वकर्मा रहेका छन्।

अस्थायी प्रहरी चौकी बिष्णुपादुकाबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको को१ज ३१५८ नम्बरको पिकअपबाट उनीहरूलाई पक्राउ गरेको हो।

धरान उपमहानगरपालिका-२० खैरे खोलाबाट उनीहरू ५६ किलो ४ सय ५ ग्राम गाँजासहित समातिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

चार वटा बोरामा रहेको उक्त गाँजा फेला पारी चालक कमल, सहचालक राजु र पिकअपमा सवार प्रदीपलाई पक्राउ गरिएको उक्त कार्यालयले जनाएको छ।

तीनै जनालाई हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।