झापा र सुनसरीबाट लागुऔषध सहित ५ जना पक्राउ

विराटनगर, पुस १८ गते । झापा र सुनसरीबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पुस १७ गते साँझ ७ बजे झापाको मेचिनगर नगरपालिका-६ स्थित लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे नगरपालिका-९ का ३१ बर्षीय जित बहादुर चौहान र २४ बर्षीय सुजित राईलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट ५ ग्राम १७० मिलिग्राम ब्राउन सुगर बरामद गरेसगै नियन्त्रणमा लिएको हो ।

त्यस्तै अस्थायी प्रहरी चौकी बिष्णुपादुका सुनसरीबाट खटिएको प्रहरी टोलीले धरान-२० स्थित चेकजाँचको क्रममा धनकुटाबाट धरानतर्फ आउदै गरेको को. १ ज ३१५८ नम्बरको पिकअपमा ५६ किलो ४०५ ग्राम गाँजा फेला पारी पिकअप चालक सोहि स्थानका ३४ बर्षीय कमल राई, पिकअपमा सवार २३ बर्षीय प्रदिप राई र धनकुटा सागुरगढीका २० बर्षीय राजु बिश्वकर्मालाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।