संखुवासभामा ट्याक्टर चोरी गर्ने एक जना पक्राउ
संखुवासभा । संखुवासभामा ट्याक्टर चोरी गर्ने एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको खाँदबारी नगरपालिका वडा नं. ८ सार्कीडाँडा बस्ने वर्ष २० को गजेन्द्र रसाईली रहेका छन् ।
भोजपुरको षडानन्द नगरपालिका वडा नं. ६ कुमालगाउँ बस्ने बर्ष ५६ को नर बहादुर कुमालको नाममा दर्ता रहेको प्र. १-०२-००३१ त २७५५ नम्वरको ट्याक्टर पाँचखपन नगरपालिका वडा नं. ६ वानाबाट पुष १६ गते रातको समयमा चोरी भएको थियो ।
उक्त ट्याक्टर जिल्लाको खाँदबारी नगरपालिका वडा नं. १ स्थित आर्मी क्याम्प नजिकै बेवारिसे अवस्थामा फेला पारेको र थप अनुसन्धान गर्दा उक्त ट्याक्टर रसाईलीले चोरी गरि आफु खाँदबारी नगरपालिका वडा नं.९ तुम्लिङटारमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो ।
पक्राउ परेकालाई संखुवासभा जिल्ला अदालत चैनपुरबाट दिन ६ (छ) को म्याद थप भई मुलुकी अपराध संहिता, २०७४ बमोजिम थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।


