झापा र सुनसरीबाट लागुऔषध सहित ७ जना पक्राउ

विराटनगर, पुस २१ गते । झापा र सुनसरीबाट लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पुस २० गते दिउँसो झापाको कमल गाउँपालिका-४ स्थितमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले १ ग्राम ब्राउन सुगर सहित स्थानीय ३९ बर्षीय धनराज लिम्बु, २६ बर्षीय रोहीत नेम्बाङ, २३ बर्षीय राजेश नेम्बाङ र शिवसताक्षी नगरपालिका-१ का ३३ बर्षीय सुरेश निरौलालाई नियन्त्रणमा लिएको छ भने प्रहरी चौकी चारआलीले मेचीनगर नगरपालिका-११ का २३ बर्षीय ईशाक राई र मेचीनगर-१३ का ३० बर्षीय सुनिल नगरकोटी मगरलाई ब्राउन सुगर १ ग्राम ४७० मिलिग्राम सहित नियन्त्रणमा लिएको छ ।

त्यसैगरी सुनसरीको धरान उप-महानगरपालिका-११ का २८ बर्षीय बिनोद आचार्यलाई ट्रामाडोल र स्पासमो गरी जम्मा १ हजार ३०४ ट्याव्लेट सहित अस्थायी प्रहरी बिट जोरसखुवाले नियन्त्रणमा लिएको छ ।

लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।