पिटिई वर्क एप शुभारम्भ, एकै एपबाट ३२ वटा काम लिन दिन मिल्ने

काठमाडौं, २६ पुस । पार्टटाईम रुपमा सेवा दिने र सेवा लिनेहरुको लागि आपसी सहमतिमा काम गर्न पार्ट टाईम वर्क सम्बन्धि ‘पिटिई वर्क एप’ सञ्चालनमा आएको छ । यो एपको काठमाडौंमा शुक्रबार शुभरम्भ गरियो । पार्ट टाईम कामदार र सेवा ग्राहीको लागि यो विश्वकै पहिलो एपको रुपमा आएको छ ।

क्वीक वर्क प्रा.लि.ले यो एप डेभलप गरेको हो । यो एप डाउलोनड गरेर रजिस्ट्रेसन गरेपछि हाललाई करिब ३२ वटा काम यो एप मार्फत गर्न र गराउन पाईने भएको छ । नेपाल भरीको लागि शुभारम्भ गरिएको यो एपले नेपालमा विज्ञ तथा अर्धविज्ञ पेशका व्यक्ति एवम् कामदारले चाहेको समयमा अब काम पाउने छन् । आफुले चाहेका काममा कामदार तथा पेशाविज्ञबाट ग्राहक तत्कालै सेवा लिन पनि सक्ने भएका छन् ।

यो एप मार्फत हाललाई माली, भाँडा माज्ने कामदार, वेटर, कुक (सेफ), हेल्पर, सरसफाई कर्मचारी, कस्टमर सर्भिस, ड्राईभर, कार्पेन्टर, पलम्बर, सेल्स ब्वाई एन्ड सेल्स गर्ल, डेलिभरी ब्वाई एन्ड डेलिभरी गर्ल, हाउस किपर, पेन्टर जस्ता सेवा लिन दिन सकिने छ । यस्तै व्युटिसियन, इलेक्ट्रियसियन, मार्केटिङ पर्सन, फ्रन्ट डेक्स तथा रिसेप्सनिष्ट पर्सन, इन्सुरेन्स एजेन्ट, यातायात ट्रान्सपोर्टर, केयरटेकर, केयरगिभर, भिडियो सम्पादक, भिडियोग्राफर, स्टिल फोटोग्राफर, ग्राफिक डिजाईनर, ट्रेकिङ गाईड जस्ता सेवा पनि यो एपमार्फत लिन र दिन सकिने भएको छ । पिटिई वर्क एप मार्फत हाललाई डक्टर, विज्ञ सल्लाहकार, इन्जिनियर, इन्टेरियर डिजाईनर, एकाउन्टेन्ट, आईटी सफ्टवेर डभ्लोपर जस्ता बिज्ञको सेवा पनि लिन र दिन सकिने भएको छ ।

यो पेशगत व्यबसाय तथा कार्य सुविधाको लागि स्थापना गरिएको हो । यसमा सेवाग्राही र सेवा प्रदायकबीच नै आपसी समझदारीमा पारिश्रमिक तय हुनेछ । सुरुमा यसमा सेवादिने व्यक्ति अर्थात सेवा प्रदायक व्यक्तिले एप तथा प्लेस्टोरमा गएर पिटिई एप डाउनलोड गर्नु पर्ने हुन्छ । यसरी एप डाउनलोड गरेपछि सो एपमा आफ्नो कार्य विज्ञताको कगतपत्र राखेर रजिस्ट्रेसन गर्नु पर्नेछ । यसरी एप डाउनलोडपछि दर्ता भएको सेवाप्रदायकको एपमा कम्पनीको नियम अनुसार सँख्या पुगेर सेवा ग्राहीको माग आउन थालेपछि यो सेवा सुरु हुनेछ । यसरी सुरु भएको सेवा नेपाल भरी पु¥याउने लक्ष्य क्वीक वर्क प्रा.लि.को रहेको छ ।

यो एपको वेभहाउस नेपाल प्रा.लि.बाट कपिल तण्डुकारको टिमले डेभलप गरेका हुन् । करिब पाँच वर्षको अथक प्रयासपछि यो एप तयार भएको क्विक वर्क प्रा.लि.का अध्यक्ष दशरथ गिरीले बताएका छन् ।
‘नेपालमा सेवा दिने व्यक्तिहरु बेरोजगार बस्नु पर्ने र सोही सेवा लिने व्यक्तिले भनेको बेला सेवा नपाउने समस्या छ । यो समस्यालाई समाधान गर्न सेवा लिने र सेवा दिनेबीच पुलको रुपमा हामीले यो एप तयार गरेका हौं ।’ अध्यक्ष दशरथ गिरीले शुक्रबार यो एपको शुभराम्भ गर्दै सञ्चारकर्मीलाई बताए ।

हुन पनि नेपालमा विज्ञ तथा अर्धविज्ञ पेशगत व्यक्ति एवम् कामदारले चाहेको समयमा काम नपाउने र त्यो सेवा लिने व्यक्तिले भनेको बेला सेवा नपाउने समस्या छ । यसरी सेवा लिने र दिनेलाई तत्कालै जोड्नको लागि नेपालमा यो एप सञ्चालनमा ल्याईएको हो । यस्तो एप अहिलेसम्म कतै पनि नभएको दावी पनि दशरथको रहेको छ ।

यो एप आएपछि कामको समानता हुने, कोही खाली बस्नु पर्ने र कसैमा अत्याधिक कामको चाप हुने समस्या समाधान भएर जाने पनि एप सञ्चालक दशरथले बताएका छन् । जसका कारण काममा सहजता हुनुका साथै बेरोजगारीको समस्या पनि धेरै हल हुने तथा आफुले चाहेको बेला आफ्नो सिप अनुसारको काम जसले पनि गर्न सक्ने सुविधा यो एपले दिलाउँने पनि उले प्रष्ट पारे ।

हाल यो एपलाई पहिलो चरणमा निःशुल्क रुपमा डाउनलोड गर्न सकिने छ । सुरुमा पिटिई वर्क एपमा ३२ वटा सेवाहरु सुचिकृत गरिएको छ । यो एपले एक वर्ष भित्र बजारको माग अनुसार सेवाहरु थप्दै जाने छ ।
यो एपको लागि हाललाई अभिनेता एवम् मोडल प्रवण भुसाल र गायिका एवम् अभिनेत्री सरिता भारती ब्रान्ड एम्बेस्डरको रुपमा रहेका छन् ।

नेपालमा यो एप्सले धेरै बेरोजागारी समस्यालाई हल गर्ने विश्वास आफुहरुले लिएको ब्रान्ड एम्बेस्डर द्धय प्रवण भुसाल र सरिता भारतीले बताए । यो एपले नेपालमै धेरै रोजागरी सृजना गर्ने र युवा युवतीहरुलाई विदेश जाने क्रम घटाउने पनि प्रवण र सरिताले बताएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।