निःशुल्क शिविर : ५६५ जनाको आँखा परीक्षणमा २२७ लाई मोतिबिन्दु

सञ्जय मिश्रा/रौतहट, ५ माघ। गौर नगरपालिका स्थित आयोजित एक दिन निःशुल्क आँखा शिविरमा ५६५ जना मानिसको आँखाको परिक्षण गर्दा २२७ जनामा मोतिबिन्दु रोग देखिएको छ।

गौरका मेयर शम्भु साहको विशेष पहलमा आयोजित एक दिने निःशुल्क आँखाको शिविरमा ५६५ जनाको आँखा परिक्षण पछी ३३८ जनालाई निशुल्क चश्मा बितरण गरिएको थियो। परीक्षण गरिएको मध्ये  २२७ जना महिला पुरुषको आँखामा डाक्टरले मोतिबिन्दु रोग  ठहर गरेको शिविर संयोजक गौर आँखा अस्पतालका प्रतिनिधि सत्येन्द्र पाण्डेले जानकारी दिएका छन्।

डाँक फाउण्डेशनको सोहयोग गौर नगरपालिकाको आयोजना तथा नेपाल नेत्र ज्योती संघ गौर आँखा अस्पताल पुरेनवाको प्राविधिक सहयोगमा शुक्रवार  एकदिने निःशुल्क शिविरमा  मोतिबिन्दु देखिएका विरामीहरुलाई भोली आईतवार देखि पूरेनवा आँखा अस्पतालमा क्रमसः अपरेसन  गरिने शिविर ईन्चार्ज पाण्डेले बताएका छन्। विरामीहरुलाई गौरबाट आँखा अस्पताल सम्म ओहोर दोहोर गर्न अस्पतालको बसले सेवा दिनेछ।

निःशुल्क शिविरमा नेत्र अधिकृत शिवकुमार यादव, नेत्रसहायकद्धय सुयोग्य मगर र अफताव आलम दर्जी सहित ९ जना प्राविधिक टोलीले  विरामीहरुको आँखाका परिक्षण गरेको थियो। नेत्र ज्योती संघ रौतहटका अध्यक्ष विजय सिंह, गौर आँखा अस्पतालका प्रशासकीय अधिकृत नागेश्वर प्रसाद चौधरी, लेखाअधिकृत पवन न्यौपानेले लगायतको टोलीले शिविरको निरीक्षण गरेको थियो

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।