रास्वपाको धनकुटा जिल्ला कार्य समिति गठन,सभापतिमा दाहाल

धनकुटा,माघ ५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनकुटा जिल्ला कार्य समिती गठन भएको छ ।

आज धनकुटाको सामुदायिक भवनमा आयोजित भेलाले बालानन्द दाहालको सभापतित्वमा ८ सदस्यीय कार्य समिती गठन गरेको छ ।

समितिको उप सभापतिमा गायत्री कटुवाल , सचिव आशिष तामांग, सह सचिव भुवन थापा र सदस्यहरुमा भैरव याम्फु,ईन्द्र बहादुर पौडेल,सुनिल राई र रुद्र राउत चयन भएका छन ।

त्यसैगरि अन्य बांकी पदमा सभापतिबाट बिधान अनुसार मनोनित गरिनेछन् ।

भेलाले जिल्ला अधिबेशन आगामी बैशाख २०८२ मा गर्ने निर्णय पनि गरेको छ ।

कार्यक्रममा पार्टीका पूर्व प्रवक्ता एवं सांसद मनिष झा र सांसद हरि ढकाल,प्रदेश महामन्त्री लालबिक्रम थापा लगायत जिल्लाका नेता,पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

धनकुटा बस पार्कबाट शान्तिपूर्ण र्यालीको आयोजना गर्दै सामुदायिक भवन पुगेर कार्यक्रम सभामा परिणत भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।