विराटनगरबाट लागूऔषध सहित २ जना पक्राउ
मोरङ, माघ ०७ गते । मोरङको बिराटनगर महानगरपालिका-१५ को छुट्टा छुट्टै दुई स्थानबाट लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
माघ ०७ गते दिउँसो लागूऔषध नियन्त्रण ब्युरो बिराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले एभिल, लुपिजेसिक, डाइजोपाम र फेनारागन गरी जम्मा ७६ एम्पुल सहित सुनसरी इटहरीका २३ बर्षीय रमेश कार्की र बिराटनगर-११ का २२ बर्षीय नाईजल बाराकोटीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।


