झापामा बोलेरो र अटो ठोक्किँदा एक जनाको मृत्यु, तीन जना घाइते

झापा- झापामा बोलेरो र अटो आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका-४ की २७ वर्षीया अमृता तामाङ रहेकी छिन्।

बुद्धशान्ति गाउँपालिका-४ हापेन चोकमा सोमबार बिहान प्र.१-०१-००१ ज ३८५१ नम्बरको बोलेरो र प्र.१-०१-००२ ह ३६३ नम्बरको अटो ठोक्किँदा उनी गम्भीर घाइते भएकी थिइन्।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

साथै दुर्घटनामा घाइते भएका बोलेरो चालक र अटोमा सवार दुई जना घाइते छन्। उनीहरूलाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाइएको छ। अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।