झापामा यसरी समातिए ब्राउनसुगर किन्न भारत पसेका चार जना

झापा – लागुऔषध नियन्त्रण तथा कारबाही अभियान अन्तर्गत झापा प्रहरीले ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ।

प्रहरीले झापा गाउँपालिकाका दुई अलग स्थानबाट लागुऔषधसहित चार जनालाई पक्राउ गरेको हो।

झापाका प्रहरी उपरीक्षक मिलन केसीका अनुसार सोमबार बेलुका झापा गाउँपालिका-५ पन्थपाडाबाट अर्जुनधारा नगरपालिका-५ का ३० वर्षीय प्रवीण गिरी र कनकाई नगरपालिका-८ का २५ वर्षीय सुमन राजवंशी पक्राउ परेका हुन्।

भारतबाट नेपाल आउँदै गरेको प्र १-०१-०१६ प ९००९ नम्बरको बुलेट मोटरसाइकलमा सवार उनीहरूलाई इलाका प्रहरी कार्यालय कमरखोदको विशेष टोलीले पक्राउ गरेको थियो।

प्रहरी उपरीक्षक केसीका अनुसार उनीहरूको साथबाट १० ग्राम १५ मिलिग्राम ब्राउनसुगर बरामद भएको छ। प्रहरीले दुबैको लागुऔषध कारोबारको विगत खोजिरहेको छ।  

यस्तै, झापा गाउँपालिका-१ लसुनाबाट दुई किशोरी ब्राउनसुगरसहित पक्राउ परेका छन्।

भारतबाट नेपाल आउँदै गरेका पाँचथर फिदीम नगरपालिका-४ की १९ वर्षीया रदिमा बर्देवा र १९ वर्षीया इन्दिरा लिम्बुलाई १ ग्राम ६० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक केसीले बताए।

दुबै जनालाई इलाका प्रहरी कार्यालय कुमरखोदमा राखेर अनुसन्धान थालिएको छ।

ब्राउनसुगर भारतीय बजार हुँदै नेपाल तस्करी हुने गरेको छ। नेपालबाट अवैध रुपमा निकासी गरिने गाँजा, चरेस र अफिम प्रशोधन गरी भारतमा ब्राउनसुगर बन्ने गरेको छ।

त्यही ब्राउनसुगर नेपाली बजारमा पुन: ल्याएर महंगो मूल्यमा बिक्री गर्ने समूह सक्रिय छ। यसमा भरियाहरू बढी संख्यामा पक्राउ परिरहेका छन्। नेपाली कारोबारीहरू भारतीय बजारमा गई ब्राउनसुगर किनेर नेपाल फर्किने गरेका छन्। उनीहरूले महंगो मूल्यमा ब्राउनसुगर नेपालमा बेच्ने गरेका छन्।

ब्राउनसुगर उच्चकोटीको लागुऔषधमध्ये पर्छ। पछिल्लो समय नेपालमा अफिम र गाँजा खेती मौलाएको छ। सो गाँजा र अफिम भारत तस्करी हुने गरेको छ।

‘भारतीय बजार नजिक पर्ने र ब्राउनसुगरको कारोबार उच्च हुने सम्भावनालाई मध्यनजर गर्दै हामीले लागुऔषध नियन्त्रण विशेष अभियान नै चलाएका छौं,’ प्रहरी उपरीक्षक केसीले भने।

लागुऔषध प्रयोग, उत्पादन र बिक्री वितरणले आजको समाजलाई नराम्रोसँग बिथोलेको छ। विशेषगरी युवा-पिँढी यसबाट बढी आक्रान्त भएको देखिन्छ। शैक्षिक असफलता, पारिवारिक बिखण्डन, आर्थिक अभाव, साथीहरूको लहलहैमा लागेर वा डिप्रेसनको कारणले लागुऔषधको प्रयोग गर्ने र बिक्री वितरणमा संलग्न हुने गरेको पाइएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।