सोलुखुम्बुमा नवजात शिशु सहित सुत्केरी महिलाको उद्धार
सोलुखुम्बु । सोलुखुम्बुमा नवजात शिशु सहित सुत्केरी महिलाको उद्धार गरिएको छ ।
जिल्लाको थुलुङदुधकोशी गा.पा.वडा नं.२ कांगेल बस्ने दिपक कार्कीको श्रीमती सर्मिला कार्की थुलुङदुधकोशी अस्पताल मुक्ली सोलुखुम्बुमा नर्मल डेलिभरी भई (छोरा) जन्माएकोमा बच्चाको श्वासप्रश्वासमा समस्या देखिएकोपछि थप उपचारको लागि प्रहरीले उद्दार गरेको हो ।
प्रहरी चौकी मुक्लीबाट प्रहरी टोली खटिई गई राष्ट्रपति उद्धार कोष अन्तर्गत नेपाली सेनाको हेलिकप्टर मार्फत आमा र बच्चा दुबै जनालाई बाल कान्ति अस्पताल काठमाण्डौको लागी पठाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।


