झापाको मेचीनगरबाट लागूऔषध ब्राउन सुगर सहित १ जना पक्राउ
विराटनगर, माघ ०९ गते । झापाको मेचीनगर नगरपालिका-१३ स्थितबाट लागूऔषध ब्राउन सुगर सहित १ जना लाई प्रहरीले पक्राउ गरेको छ ।
माघ ८ गते प्रहरी चौकी चारआली झापाबाट खटिएको प्रहरी टोलिले मेचीनगर-१३ का २५ बर्षीया लुबी कामाईलाई ४ सय ६० मिलिग्राम ब्राउन सुगर र १५ हजार नेपाली रुपैया सहित पक्राउ गरेको हो ।
त्यसैगरी इलाका प्रहरी कार्यालय देवानगंज सुनसरीले देवानगंज गाउँपालिका-५ पालटोल स्थितबाट बेवारिसे अवस्थामा २८ किलोग्राम लागूऔषध गाँजा बरामद गरेको छ ।
घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भई रहेको छ ।


