गौर अस्पतालमा पहिलाे पटक आङ्ग खसेको रोगको सफलतापूर्वक अपरेसन

सञ्जय मिश्रा /रौतहट, ९ माघ। रौतहटको सदरमुकाम गौर स्थित प्रादेशिक अस्पतालमा सेवा बिस्तार भएसंगै उपचार गराउन आउने बिरामीको संख्यामा उलेख्य बृद्धि भएको छ।

 

प्रादेशिक अस्पतालमा पहिलो पटक महिलाको आङ खस्ने रोगको सफलता पूर्वक अपरेसन भएको छ।

 

प्रादेशिक अस्पताल गौरका डाक्टरहरूको टिमले मंगलवार माधवनारायण नगरपालिका ६  की ४९ वर्षिय पार्वती देवीको तेश्रो डिग्रीको आङ्ग खसेको रोगको सफलता पूर्वक अपरेसन गरेको हो।

 

(3rd degree Uterine prolapse) अस्पतालका सर्जन डाक्टर मुरारी ठाकुर, डाक्टर शम्भु शाह ,एनेस्थेसिया गौरीशंकर प्रसाद , स्क्रब नर्स दिव्या ठाकुर , ओटी इन्चार्ज गोदावरी यादव लगायत  स्वास्थ्यकर्मीहरुको  टिमले Vaginal Hystectomy  सफलता पूर्वक अपरेसन सम्पन्न गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महमद अनवर हासमिले बताएका छन्।

 

रौतहट जिल्लामा एक मात्र प्रदेश स्तरको अस्पताल प्रादेशिक अस्पताल गौरको उपचार  प्रति जिल्ला वासिको विश्वास दिनानुदिन बढ्दै गएकोले शल्यक्रिया लगायत विभिन्न सेवा प्राप्त गर्ने सेवाग्राहीको संख्यामा उल्लेखिनिय वृद्धि भएको अध्यक्ष हासमिको भनाई छ।
प्रादेशिक अस्पताल गौरमामा पहिलो पटक आङ्ग खस्ने रोगको अपरेसन भएको र अब यस्तो प्रकृतिको रोगको शल्यक्रिया लगायत पाठेघरको शल्यक्रिया(Total Abdominal Hystectomy )नियमित  हुने सम्पुर्णमा जानकारी गराउँदै अध्यक्ष अनवर हासमिले स्वास्थ सेवा लिन जिल्ला बासीलाई आग्रह गरेका छन्।

 

बिगतमा रेफरल अस्पतालको रूपमा बनेको प्रादेशिक अस्पताल गौरको पछिल्लो समय प्रायः सम्पूर्ण सेवामा सुधार भएको छ। सेवा सुधार भएसंगै अस्पतालमा उपचार गराउन आउने बिरामीको संख्यामा बृद्धि भएको छ। हाल दैनिक जसो पाठेघर, एपेन्डिक्स, सिजरियन, हार्दाजोर्नी, लगायत हृदय रोग र क्यान्सर बाहेक १० देखी १५ वटा बिरामीको बिभिन्न किसिमका अपरेसन भईरहेको अस्पताल विकास समितिका अध्यक्ष हासमिले जानकारी दिएका छन्। अस्पतालमा मधेश प्रदेश सरकार र संघीय सरकार बाट बिभिन्न किसिमका अत्याधुनिक उपकरण सहयोग भएको उनले बताएका छन्।

प्रादेशिक अस्पताल गौर ब्यवस्थित हुँदैजादा हाल दैनिकजसो ओपिडीमा पाँचसय भन्दा बढी बिरामी उपचारको लागि आउने गरेको जनाइएको छ। रौतहट स्थित १८ पालिकामा सरकारी स्तरमा उपचार सेवा दिन एकमात्र प्रादेशिक अस्पताल गौर रहेको छ

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।