ईलामबाट लागूऔषध ब्राउन सुगर सहित दुई जना पक्राउ
इलाम, माघ ११ गते । इलामको रोङ गाउँपालिका-४ स्थितबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई प्रकाउ गरेको छ ।
माघ १० गते प्रहरी चौकी किटेनीबाट ट्राफिक सहित खटिएको चेकिङ टोलीले चेकजाँचको क्रममा प्रदेश १-०१-०१७ प ५०७५ नम्बरको मोटरसाइकलमा सवार रहेका सुर्योदय नगरपालिका-८ का ३१ बर्षीय मुस्कान तामाङ र सुर्योदय नगरपालिका-६ का २७ बर्षीय पुजन तामाङलाई ४ ग्राम ७९ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
पक्राउ परेका दुबै जनाको इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट थप अनुसन्धान भईरहेको छ ।


