विराटनगर महानगरभित्र माघ २३ गतेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान

विराटनगर । विराटनगर महानगरपालिका १९ वटै वडामा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ ।

यही माघ २३ देखि फागुन ७ गतेसम्म महानगरका १९ वटै वडा र विद्यालयमा खोप अभियान सञ्चालन गर्न लागिएको हो । अभियानका विषयमा आइतबार महानगरले वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यसहित कर्मचारीहरुका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । पाठेघरको मुखको क्यान्सरबाट हुने मृत्युलाई रोक्ने उद्देश्यले १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई पाठेघरको क्यान्सरविरुद्धको खोप लगाउन लागिएको हो । विद्यालय जाने किशोरीहरु कक्षा ६ देखि १० सम्म विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइने महानगरकी उपमेयर शिल्पा निराला कार्कीले जानकारी दिनुभयो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, वडाध्यक्ष काजीबहादुर बस्नेत, कुमार पोखरेल, वासुबहादुर बस्नेत, सन्तोष न्यौपाने, अर्जुन गिरी, तीर्थेन्द्र नेउपाने, श्याम घिमिरे, कार्यपालिका सदस्य सरिता घिमिरे, सुन्तली विश्वकर्मा, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, राजस्व महाशाखा प्रमुख सरोज गौतम, स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीपकुमार यादवसहित विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न महाशाखा र शाखा प्रमुखहरुको उपस्थितिमा भएको अभिमुखीकरणमा प्रदेश स्वास्थ्य निर्देशनालयका खोप अधिकृत भरत भण्डारीले सहजीकरण गर्नुभएको थियो ।

खोप अधिकृत भण्डारीले नेपालमा हरेक वर्ष २ हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको जानकारी दिनुभयो । जसबाट १ हजार ३१३ जना अर्थात् कुल बिरामीमध्ये ६१ प्रतिशत महिलाको मृत्यु हुने गरेको उहाँले तथ्यांक प्रस्तुत गर्नुभयो । भण्डारीका अनुसार नेपालमा पाठेघरको मुखको क्यान्सरबाट औसतमा हरेक दिन ४ जना महिलाको मृत्यु हुने गरेको छ । नेपालमा पाठेघरको मुखको क्यान्सर जटिल र भयावह भएको उहाँले सुनाउनुभयो ।

पाठेघरको मुखको क्यान्सरबाट हुने मृत्युदरलाई कम गर्ने उद्देश्यले खोप अभियान सञ्चालन गर्न लागिएको हो । उपमेयर शिल्पा निराला कार्कीले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान राष्ट्रिय अभियान भएकाले सबैको सहकार्यले सफल हुने बताउनुभयो । उहाँले अभियानबारे सबै जागरुक हुनुपर्नेमा जोड दिनुभयो । अभियानलाई सफल बनाउन १९ वटै वडामा माइकिङ, वडावडामा सचेतनामूलक कार्यक्रमलगायत सञ्चालन गरिनेछ ।

महानगरभित्र १२१ वटा विद्यालय, २९ वटा समुदाय र १९ वटा वडा स्वास्थ्य कार्यालयसहित १६९ वटा खोप केन्द्र तोकिएका छन् । खोप अभियानमा करिब २ सय जना स्वास्थ्यकर्मी परिचालन गरिएको महानगरका जनस्वास्थ्य निरीक्षक यादव गौतमले जानकारी दिनुभयो । विद्यालयबाहिरका २ हजार ७ जनासहित १४ हजार ४८६ जनालाई खोप लगाउने लक्ष्य राखिएको गौतमले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।