सुनसरीको धरानबाट लागुऔषध सहित मेडिकल संचालक दम्पती र अर्का एक दम्पती पक्राउ

सुनसरी, माघ १५ गते । सुनसरीको धरान उप-महानगरपालिका-३ गौधारा स्थितबाट मेडिकल संचालक दम्पती र धरान-८ स्थितबाट अर्का एक दम्पतीलाई लागुऔषध सहित प्रहरीले पक्राउ गरेको छ ।

माघ १४ गते राती मेडिकल पसलमा लागुऔषध बिक्री बितरण भईरहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पसल भित्र खानतलासी गर्दा काटुनमा लुकाई छिपाई राखेको अवस्थामा नियन्त्रित औषधी ट्रामोल २ हजार क्याप्सुल र स्पास्पेन ७ हजार ९ सय ३० ट्याब्लेट सहित मेडिकल संचालक धरान-३ का ४१ बर्षीय सुरज वनेम र उनको श्रीमती ४२ बर्षीया टिम्पल श्रेष्ठलाई पक्राउ गरिएको हो ।

यसैगरी धरान-८ का ३१ बर्षीय सन्तोष परियार र उनको श्रीमती २० बर्षीया अनुष्का श्रेष्ठले लागूऔषधको कारोवार गरीरहेको भन्ने सुचनाको आधारमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले भान्सा कोठाबाट नियन्त्रित औषधी ट्रामोल ५ सय ३२ क्याप्सुल र स्पास्पेन ५ सय २८ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो ।

लागुऔषध सहित परेका उनिहरुको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।