सुनसरीबाट लागुऔषध गाँजा र औषधी सहित ३ जना पक्राउ

सुनसरी,माघ १६ गते । सुनसरीको २ छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध गाँजा र औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको देवानगंज गाउँपालिका-३ का ४० बर्षीय अर्बिन कुमार यादवको घरमा लागुऔषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा माघ १५ गते दिउँसो कोशी प्रदेश प्रहरी कार्यालय प्रादेशिक अनुसन्धान समुह (PIT) र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले यादवको घरको कम्पाउण्ड खानतलाशी गर्दा खाल्टो खनेर ड्रम भित्र प्लाष्टिकले प्याक गरेर साथै घर भित्र जेब्रा झोलामा लुकाई छिपाई राखेको अवस्थाको ३९ किलो २९० ग्राम लागुऔषध गाँजा बरामद गरी यादवको ३५ बर्षीया श्रीमती सोनि कुमारी यादवलाई नियन्त्रणमा लिएको हो ।

यसैगरी अस्थायी प्रहरी चौकी श्याम चौक सुनसरीबाट खटिएको प्रहरी टोलीले माघ १५ गते दिउँसो धरान उप-महानगरपालिका -१५ शुसन टोलका १८ बर्षीय उषण भुजेललाई घरको कोठा भित्र झोलामा लुकाई छिपाई राखेको प्रतिबन्धित औषधी SPASPAIN-२ हजार ८० चक्की सहित नियन्त्रणमा लिएको हो ।

लागुऔषध गाँजा र औषधी सहित पक्राउ परेका सबैजनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।