पाँचथरमा पहिचान नखुलेको एक वेवारिसे शव फेला
पांचथर । पाँचथरमा एक पहिचान नखुलेको वेवारिसे शव फेला परेको छ ।
जिल्लाको फिदिम नगरपालिका २ मा एक पुरुषको शव फेला परेको हो ।
२ नम्बर वडास्थित बैरङगीको अलौची बगानमा खसआर्य समुदाय जस्तो देखिने अन्दाजी ५५/६० वर्षको नाम, थर, वतन नखुलेको एक पुरुष मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।


