धनकुटाको महालक्ष्मीमा रास्वपाको वडा भेला सम्पन्न,नविन बुढाथोकीको नेतृत्वमा ८ सदस्यीय वडा समिती गठन
धनकुटा । धनकुटाको महालक्ष्मीमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को वडा भेला सम्पन्न भएको छ ।
महालक्ष्मी नगरपालिका-४ चानुवामा हिजो रास्वपाको वडा भेला तथा समिति गठन कार्यक्रम सम्पन्न भएको हो ।
भेलाले नविन बुढाथोकीको नेतृत्वमा ८ सदस्यीय वडा समिती गठन गरेको छ ।
अन्य पदाधिकारीहरुमा सचिव लेखनाथ अधिकारी,सह-सचिब रोशन पौडेल र सदस्यहरुमा रामकृष्ण दर्नाल,रुद्र बहादुर खड्का,फत्त बहादुर पौडेल ,रेवत चापागाँई र कृष्ण कोइराला चयन भएका छन् ।


