नोबेल मेडिकल कलेजमा नेपालकै पहिलो न्युरो इन्ट्रा-अप्रेटिभ एमआरआई प्रविधि: हजारौं बिरामीको सफल उपचार

विराटनगर । विराटनगरको कञ्चनबारीस्थित नोबेल मेडिकल कलेज ले नेपालमै पहिलो पटक न्युरो इन्ट्रा-अप्रेटिभ एमआरआई (iMRI) प्रविधि भित्र्याएर हजारौं बिरामीलाई सफल उपचार प्रदान गर्न सफल भएको छ। अत्याधुनिक प्रविधिको प्रयोग गरी न्युरो सर्जरीको जटिलता न्यूनीकरण गर्दै सुरक्षित तथा प्रभावकारी सल्यक्रिया सम्पन्न गरिँदै आएको छ।

न्युरो इन्ट्रा-अप्रेटिभ एमआरआई (iMRI) प्रविधिको महत्व

यो प्रविधिले सर्जरीको क्रममा वास्तविक समयमा बिरामीको स्नायु प्रणालीको गतिविधि अनुगमन गर्न मद्दत गर्दछ। जसका कारण शल्यक्रिया गर्दा सम्भावित जटिलता न्यूनीकरण गर्दै थप सुरक्षित, प्रभावकारी, र न्यूनतम जोखिमयुक्त उपचार सम्भव भएको छ।

नोबेल मेडिकल कलेजमा वरिष्ठ न्युरो सर्जन प्राध्यापक डा. प्रकाश काफ्ले को नेतृत्वमा यो प्रविधि सफलतापूर्वक प्रयोग गरिँदै आएको छ। उनका अनुसार, न्युरो इन्ट्रा-अप्रेटिभ प्रविधिबाट ब्रेन ट्युमर, स्पाइनल इन्जुरी, पार्किन्सन्स, सेरेब्रल पल्सी, हाइड्रोसेफालस (टाउकोमा पानी जम्ने समस्या), हेड इन्जुरी, स्पाइनल ट्युमर, ब्रेन हेमरेज तथा रगत जमेको समस्या लगायतका गम्भीर न्युरो समस्याको सर्जरी सफलतापूर्वक सम्भव भएको छ।

नेपालमै पहिलो पटक यो प्रविधि नोबेल मेडिकल कलेजमा उपलब्ध रहेको छ। जसले भर्खर जन्मिएका शिशुदेखि वृद्धसम्मका बिरामीहरूलाई न्यूनतम जोखिममा सफल उपचारको अवसर प्रदान गरिरहेको छ।

नेपाल र भारतका हजारौं बिरामीले यस प्रविधिबाट लाभ उठाइसकेका छन्। आधुनिक प्रविधिसहितको उपचार सेवा प्रदान गर्दै आएको नोबेल मेडिकल कलेजले न्युरो सर्जरी क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ।

नोबेल मेडिकल कलेज नेपाली कांग्रेसका युवा नेता सांसद डा. सुनिल शर्माको हो । सांसद शर्माले नेपालको सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर लाखौं गरिब दिनदुःखीलाई सेवा प्रदान गर्दै आएका छन्। शिविरमा सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा निःशुल्क उपचार गर्दै आएका छन्। डा शर्माले नोबेल मेडिकल कलेजमा आफ्नो निर्बाचन क्षेत्रका जनता लै जुनसुकै पार्टीका भएपनि निसुल्क क्याबिन राखिदिएका छन। साथै डा. शर्मा को काठमाडौंको सिनामगल मा स्थित काठमाडौं मेडिकल कलेजमा आर्थिक अवस्था नाजुक भएका जनता लाइ निशुल्क उपचार गर्दै आएका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖