झापाबाट लागूऔषध खैरो हिरोईन सहित एक जना पक्राउ

मोरङ, माघ २२ गते । झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट लागूऔषध खैरो हिरोईन सहित १ जना लाई प्रहरीले पक्राउ गरेको छ ।

माघ २१ गते लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेका ताप्लेजुङ सिदिङवा गाउँपालिका-३ का २२ बर्षीय सुरेन्द्र राईलाई १ ग्राम १३० मिलिग्राम लागू औषध खैरो हिरोईन सहित नियन्त्रणमा लिएको छ ।

यसैगरी गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरान सुनसरीबाट खटिएको प्रहरी टोलिले आज बिहान साढे २ बजे धरान उप-महानगरपालिका-६ पानमारा जंगल स्थित सेउती पुलमा बा १५ च ७६३३ नम्बरको गाडी सहित बेवारिसे अवस्थामा राखिएको ४१० किलो गाँजा बरामद गरेको हो भने प्रहरी चौकि घुस्कीहाट सुनसरीबाट गस्तिमा खटिएको प्रहरी टोलिले माघ २१ गते राति हरिनगर गाउँपालिका- ६ स्थितबाट बेवारिसे अवस्थमा सुटकेभित्र राखेको १९ किलो गाँजा बरामद गरेको छ ।

लागूऔषध खैरो हिरोईन र बेवारिसे गाँजाको सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।