धनकुटामा पनि एचपिभी खोप लगाउन सुरु
धनकुटा,२२ माघ । धनकुटामा मंगलबार बाट एचपिभी खोप अभियान अन्र्तगत ६ हजार ८ सय ७२ जना वालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपिभी खोप सुरु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका अनुसार आजबाट माघ २७ गते सम्म जिल्लाका सात वटै पालिकाममा एचपिभी खोप लगाइने छ ।
महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपिभी खोप कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने किशोरी १० देखि १४ वर्ष उमेर समूहका गरी ६ हजार ८ सय ७२ जना लाई अभियानमा खोप लगाइने र त्यस मध्ये ६ हजार ४ सय ५८ जना विद्यालय जाने र ४ सय १४ जना विद्यालय बाहिर रहेका बालिका रहेको स्वास्थ्य कार्यालय धनकुटाकी जनस्वास्थ्य अधिकृत प्रतिमा खोयाहाङ्गले जानकारी दिइन् ।


