सुनसरीमा लागूऔषध ब्राउनसुगर सहित चार जना पक्राउ
सुनसरी, माघ २३ गते । सुनसरीको कोशीगाउँपालिका-१ र भोक्राहा नरसिंह गाउँपालिका-३ स्थितबाट ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
माघ २२ गते लागूऔषध नियन्त्रण व्युरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सुनसरी रामधुनी नगरपालिका-३ का २३ बर्षीय मो. जाविरलाई १ ग्राम १० मिलिग्राम ब्राउन सुगर सहित, सप्तरी कन्चनरुप नगरपालिका-७ का २२ बर्षीय बिजय खडकालाई २ ग्राम ६८ मिलिग्राम ब्राउन सुगर, नाईट्राभेट १५ ट्याव्लेट सहित, सप्तरी हनुमानगर कंकालिनी नगरपालिका-१० का २४ बर्षीय रोहित मंडललाई २ ग्राम ४१० मिलिग्राम सहित र उदयपुर रौतामाई-७ का २८ बर्षीय पदम बहादुर मगरलाई २० ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
लागूऔषध ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान तथा कानूनि कारवाही भईरहेको छ ।


