झापाको कनकाईमा लागूऔषध ओसार पसारमा संलग्न दुई जनालाई गोली प्रहार गरी लिइयो नियन्त्रणमा

झापा, माघ २३ गते । झापाको कनकाई नगरपालिका-४ स्थितबाट लागूऔषध ओसार पसारमा संलग्न रहेका २ जनालाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।

माघ २२ गते बेलुकी साढे ६ बजे लागुऔषध ओसार पसार भईरहेको भन्ने विशेष सुचनाको आधारमा लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले कनकाई नगरपालिका-४ स्थित कुमरखोद-सुरुङगा भित्री सडक खण्डमा चेकजाँचको क्रममा २ जना सवार रहेको BR37AA8498 नम्वरको मोटरसाईकललाई संका लागी रोक्न खोज्दा नरोकी भगाए पछि प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको हो ।

खुट्टामा गोली लागी घाईते भएका मोटरसाईकल चालक भारत बिहार डिगल बैंकका २८ बर्षीय अन्जर आलमको प्रादेशिक अस्पताल भद्रपुरमा प्रहरीको निगरानीमा उपचार भईरहेको छ भने बरामद भएको ३० ग्राम ६९० मिलिग्राम ब्राउनसुगर र मोटरसाईकल पछाडि सवार रहेका उनका भाई १९ बर्षीय युसुब आलमलाई नियन्त्रणमा लिएको छ ।

ब्राउनसुगर सहित पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यलय अनारमनीबाट थप अनुसन्धान तथा कानूनि कारवाही भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।