सुनसरीको धरानबाट लागूऔषध गाँजा बोकेको कार नियन्त्रणमा
सुनसरी, माघ २३ गते । सुनसरीको धरान उप-महानगरपालिका-१७ स्थितबाट लागूऔषध गाँजा बोकेको कार प्रहरीले नियन्त्रणमा लिएको छ ।
माघ २३ गते बिहान ५ बजे लागूऔषध ओसार पसार भईरहेको भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-१७ स्थित बिष्णुपादुका जाने सर्दुखोलाको पुल नजिक चालक नभएको अवस्थामा रोकी राखेको बा.९च १७६८ नम्वरको कारलाई संका लागी चेकजाँच गर्दा कार भित्र १०१ किलो ग्राम गाँजा बरामद गरेको हो ।
लागूऔषध गाँजा बरामद भए संगै उक्त कार समेतलाई प्रहरीले नियन्त्रणमा लिई ओसार पसारमा संलग्न व्यक्तिको खोजतलास तथा अन्य थप अनुसन्धान गरिरहेको छ ।


