समाजमा ‘इन्टरनेट एडिक्सन’को जोखिम बढेको विज्ञको निष्कर्ष

काठमाडौं, २४ माघ । इन्टरनेटको एडिक्सन र बुलिङको समस्या आगामी दिनमा विपदकै रुपमा आउन सक्ने भन्दै सरकोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

 

रोटरी क्लव अफ काठमाडौं र आइएसएसआरको सहकार्यमा बुधबार दरबारमार्गमा आयोजित ‘सामाजिक सञ्जाल र यसका चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो चिन्ता प्रकट गरेका हुन् ।

सामाजिक सञ्जालको प्रयोगबाट भइरहेका विभिन्न किसिमका सामाजिक, मानसिक, आर्थिक, लगायत आपराधिक गतिविधिको अवस्था हेर्दा सामाजिक विपदकै रुपमा यो समस्या बढ्न सक्ने विज्ञहरुले बताए । 

कार्यक्रममा बोल्ने वक्ताहरुले मानसिक स्वास्थ्यमा साइबर बुलिङ र इन्टरनेट लतको प्रभावले कसरी प्रभाव पार्छ भन्ने विषयमा चर्चा गरे । कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले भने,  ‘सामाजिक सञ्जाललाई जिम्मेवार र सुरक्षित तरिकाले प्रयोग गर्नुबाहेक हामीसँग विकल्प छैन । यसमा हाम्रो ध्यान जान जरुरी छ ।’  सामाजिक सञ्जालको प्रयोगले मानसिक सामाजिक लगायत मानिसहरुको बहुआयामिक क्षेत्रमा असर गरिरहेको श्रेष्ठले बताए ।

त्यस्तै, पूर्वस्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले सामाजिक सञ्जाल पाणघातक रोगका रुपमा फैलिरहेको बताए । ‘हाल मृतकको संख्या हेर्दा १० प्रतिशत मानसिक समस्याका कारण भइरहेको भन्ने तथ्याङ्क छ’ उनले भने, ‘मानसिक रोगको कारक सामाजिक सञ्जाललाई मानिएको छ । दिनमा २ घण्टाभन्दा धेरै मोबाइल चलाउँदा  मानसिक, शारीरीक सामाजिक हिसाबले हानिकारक छ भन्ने कुरा जान्दाजान्दै पनि यसको लतमा फसिरहेका छौं, त्यसैले कानुन सँगसँगै हामी आफैं पनि सुध्रिन जरुरी छ ।’

त्यस्तै पूर्वमुख्यसचिव शंकर बैरागीले अहिलेको युगमा सामाजिक सञ्जालको प्रयोग अत्यावश्यक भएता पनि बुद्धिमत्तापूर्ण ढंगले प्रयोग गर्न जरुरी रहेको बताए । यसको प्रयोगका लागि कानुन बन्नुपर्नेमासमस्या आएपछि मात्रै कानुन बनाउने परम्पराका कारण दुरुपयोग भइरहेको उनको भनाइ छ । 

कार्यक्रममा प्रस्तुतीकरण दिएका मनोरोग विशेषज्ञ डा।प्रदीप पाण्डेले हेर्दा सामान्य लागे पनि मोबाइल र इन्टरनेटको लत बच्चादेखि वृद्धसम्म सबैमा रहेको बताए ।

पाण्डेका अनुसार १० देखि ५० प्रतिशत मानिसहरुमा मोबाइलको लत छ । डिप्रेसन, एन्जाइटी जस्ता मानसिक समस्याको प्रमुख कारण मोबाइल तथा इन्टरनेटको अधिक प्रयोग नै रहेको उनको भनाइ छ । 

कार्यक्रममा प्रस्तुतीकरण दिँदै नेपाल प्रहरीको साइबर ब्युरोका डीएसपी उमेश प्रसाद साहले विभिन्न सामाजिक सञ्जालको दुरुपयोगका कारण साइबर अपराधका घटना दिन प्रतिदिन बढिरहेको बताए ।

साहका अनुसार सामाजिक सञ्जालमा पनि सबैभन्दा धेरै फेसबुकको दुरुपयोग भइरहेको छ । अहिले नेपालमा ३७ लाख ४७ हजारको हातमा मोबाइल छ, जसमध्ये आधाभन्दा धेरैले फेसबुक चलाउँछन् । अध्ययन अनुसार फेसबुकबाट मात्रै १ मिनेटमा २ लाख ४३ हजार फोटो अपलोड हुने गरेको साहले तथ्यांक पेश गरे । यो क्रियाकलापमा १० देखि १२ कक्षामा पढ्ने किशोर किशोरीहरु संलग्न रहने गरेको उनले बताए । 

फेसबुक तथा म्यासेन्जरकै माध्यमबाट यौन शोषण, सामुहिक बलात्कारदेखि लिएर किशोरी बेचबिखनसम्मका घटना भएको उदाहरण दिँदै डीएसपी साहले साइबर क्राइमबारे कानुन नबन्दा अझ समस्या हुने गरेको बताए । उनले भने, ‘०६३ सालको विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार काम गर्नु परेको छ, तर, अहिलेसम्म त्यो दफा अनुसार हुने भनिएको सजायँ कसैमाथि भएको छैन ।’ 

त्यस्तै आइटी विशेषज्ञ अश्विनी भट्ट्राईले कतिपय किशोर किशोरीहरु जानी नजानी बुलिङको शिकार भइरहेकाले सामाजिक सञ्जाल चलाउँदा सचेत हुनुपर्ने बताइन् । उनले साइबर क्राइमसम्बन्धी शिक्षा पाठ्यक्रममै समावेश गर्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘फ्री वाइफाई चलाउँदा, आफ्नो परिचयपत्र खुल्ने कागजातहरु कुन ठाउँमा कसरी प्रयोग गर्ने भन्ने विषयको जनाकारी हुनपर्छ । अभिभावकले पनि आफ्ना बालबालिकाहरुलाई कुन उमेरमा कस्तो डिभाइसहरु चलाउन दिने भन्ने विषयको जानकारी राख्न आवश्यक छ ।’ 

कार्यक्रममा बोल्दै अधिवक्ता रामचन्द्र गौतम ९आरसी० ले साइबर अपराधमा संलग्नलाई कर्वाहीको पाटोमा कानुन चुकेको बताए । यसबारे जनचेतना फैलाउन आवश्यक रहेको उनले बताए । 

कार्यक्रममा बोल्दै रोटरी क्लव अफ काठमाडौंका अध्यक्ष शुशीलकुमार कार्कीले मोबाइलको एडिक्सन र बुलिङले मानव जीवनमा विपदकै रुप लिन थालेको भन्दै यसको समाधानका लागि सबै पक्ष एकजुट भएर लाग्न जरुरी रहेको बताए । रोटरी क्लवले यस विषयमा देशव्यापी कार्यक्रहरु गरिरहेको उनले बताए । 

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।