विराटनगर स्थित जेनिथ इन्टरनेशनल कलेजद्वारा शिक्षासेवी पोखरेल सम्मानित

विराटनगर । विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजले शिक्षासेवी प्राध्यापक कृष्ण पोखरेलसहित कलेजका शिक्षकलाई सम्मान गरेको छ ।

वार्षिकोत्सवका अवसरमा कलेजले शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान गरेको भन्दै शिक्षासेवी पोखरेललाई सम्मान गरेको हो । कार्यक्रममा कलेजका तर्फबाट पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. विजुकुमार थपलियाले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

सम्मानित पोखरेल त्रिभुवन विश्वविद्यालयका विभिन्न कलेजमा ३८ वर्षभन्दा लामो समय प्राध्यापन गर्नुभएको थियो । पोखरेल पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोगका अध्यक्षका रुपमा समेत कार्य गरिसक्नुभएको छ ।

सोही अवसरमा कलेजमा १५ वर्षदेखि कार्यरत भरत साहलाई पनि सम्मान गरिएको थियो । साहलाई दोसल्ला ओढाएर कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका उपकुलपति प्रा.डा. थपलियाले सम्मान गर्नुभयो । सो अवसरमा वीवीए र एमवीए अध्ययन पूरा गरेर जाने विद्यार्थीको विदाई र नवआगन्तुक विद्यार्थीको स्वागतसमेत गरिएको थियो ।

त्यस्तै २०८१ सालमा भएका विभिन्न खेलकुद प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कारसमेत प्रदान गरिएको क्याम्पस प्रमुख सन्दिप दास श्रेष्ठले बताउनुभयो ।

विद्यार्थीहरुले सांस्कृतिक नृत्य र गीतसमेत प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिसमेत रहनुभएका उपकुलपति प्रा.डा. थपलिया, विश्वविद्यालयको व्यवस्थापन संकायका डिन डा. सन्देश दास श्रेष्ठ, कलेजका कार्यकारी अध्यक्ष चौधरी, क्याम्पस प्रमुख तथा कार्यक्रम संयोजक सन्दिप दास श्रेष्ठलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । सो कलेजमा ३ सय २५ जना विद्यार्थी अध्ययनरत छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖