ज्येष्ठ नागरिकको चिन्ताः घरकै नातिनातिनासँग सुरक्षित छैनौं

झापा- ज्येष्ठ नागरिकहरू आफ्नै घरमा पनि सुरक्षित महसुस गर्न नसकिरहेका तथ्य बाहिरिएको छ।

झापाको  शिवशताक्षी नगरपालिकाका सबै वडामा यस्तो समस्या रहेको ज्येष्ठ नागरिक स्वयंले बताए। उनीहरूले भने, ‘सरकारले ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता लगायतका विविध कार्यक्रमहरू दिएर खुसी दिएको छ। तर, घरमा आफ्नै नातिनातिनाका कारणले जीवनको उत्तरार्द्धमा बेखुसी अर्थात् त्रासपूर्ण जीवन बिताउनु परेको छ।’
शिवसताक्षी नगरपालिकामा सञ्चालित ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रममा बिहीबार एक जना ज्येष्ठ नागरिकले यो समस्या नगरप्रमुख मेगाहाङ थोप्रालाई सुनाउँदा कार्यक्रममा सहभागी कम्तीमा १५० जेष्ठ नागरिकले ताली बजाएर उनको कुरालाई समर्थन गरे।

घरका नातिनातिनामा लागुऔषधको बिकराल समस्या रहेको ज्येष्ठ नागरिकले बताए। ‘लागुऔषधको सेवनले नातिनातिनामा आर्थिक, मानसिक र शारीरिक समस्या छ,’ एक ज्येष्ठ नागरिकले भने।
सरकारले आफूलाई दिने सामाजिक सुरक्षा भत्तासम्म माग गर्ने, नदिए अस्वाभाविक रिसाएर हिंसात्मक व्यवहार गर्ने गरेको उनले बताए। नाम उल्लेख गर्न नचाहने एक ज्येष्ठ नागरिकले भने, ‘मलुकका कतिपय स्थानमा यस्ता घटनाले ज्यानको जोखिम पनि उत्पन्न भएको छ।’
समस्याको उजागर गर्दै ज्येष्ठ नागरिकहरूले भनेका छन्, ‘हाम्रो जीवन यति कठिन भइसकेको छ।  हामी घरमै सुरक्षित छैनौं।’

शारीरिक, मानसिक, आर्थिक, सामाजिक पीडासम्म बोकेका ज्येष्ठ नागरिकको यो पीडा बिकराल हुँदै गएको उनीहरूले बताए। 

‘समाजमा बृद्धबृद्धाका लागि पर्याप्त सुरक्षा र सम्मानको आवश्यकता छ। जेष्ठ नागरिकलाई यो समस्याबाट उन्मुक्ति दिलाउनका लागि सरकारले मात्र होइन, समाजका हरेक सदस्यले एकजुट भएर काम गर्न आवश्यक छ,’ नगर प्रमुख मेगाहाङ थोप्राले बताए। बृद्धजनको जीवनमा शान्ति र सम्मान पुर्‍याउन मात्र तिनीहरूको समस्याहरूको समाधान गर्न सकिने उनले बताए।

ज्येष्ठ नागरिकको समस्या, गुनासा, सल्लाह र सुझाव संकलन गर्ने उद्देश्यले शिवसताक्षी नगरमा ‘ज्येष्ठ नागरिकसँग मेयर’ कार्यक्रम सञ्चालित छ। यो पटकको कार्यक्रममा साबिकका धरमपुरका लागि मंगलबार, शिवगञ्ज र पाँचगाछीका लागि शिवगञ्ज र सतासीधामका लागि दुधेमा कार्यक्रम सञ्चालन गरिएको थियो।

नगर प्रमुख थोप्राका अनुसार नगरका कम्तीमा ६ सय ज्येष्ठ नागरिकसँग दोहोरो छलफल भयो। थोप्राले भने, ‘ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रम प्रभावकारी भयो। पछिल्ला दिनमा यो कार्यक्रमलाई निरन्तरता दिइने छ।’
नगर प्रमुख थोप्रासँग ज्येष्ठ नागरिकले स्वास्थ्य बिमा, सार्वजनिक यातायातका साधनमा नदिएको छुट, प्राथमिकता लगायतका विषयमा गुनासा सुनाएका थिए।

सो कार्यक्रममा वडा नम्बर ८ का सागर चापागाईँ, लक्ष्मी अधिकारी, वडा नम्बर ९ का मनमाया जवेगु, सत्य नारायण चौधरी, वडा नम्बर १० का कृष्ण ध्वज लिङ्गदेन, चन्द्रकला भट्टराई र वडा नम्बर ११ का कौशिला खनाल र पदम प्रसाद जवेगुलाई नगर प्रमुख थोप्राले सम्मान गरेका थिए।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।