धनकुटामा एमालेको जरा केन्द्रित अभियानको प्रशिक्षण सकियो

नारायण कुमार राई/धनकुटा,२४ माघ । आम नागरिकहरुको समस्या संकलन तथा समधानका उपाय खोज्न नेकपा एमालेले देश ब्यापी सञ्चालन गरिरहेको ३ महिने ‘जरा केन्द्रित अभियान’अन्तर्गत एमाले जिल्ला कमिटी धनकुटाले जिल्लामा सञ्चालन गर्ने अभियानको प्रशिक्षण कार्यक्रम सकेको छ ।

यस अघि जिल्ला स्तरीय र निर्वाचन क्षेत्र नं.‘ख’ को प्रशिक्षण सकेको एमाले धनकुटाले आज निर्वाचन क्षेत्र ‘क’ को प्रशिक्षण सकेको छ ।

यस प्रशिक्षण संगै समग्र जिल्ला तथा जिल्ला स्थित ७ स्थानीय तह अन्तर्गतका ६० वडामा जाने अभियान्ताहरुको प्रशिक्षण पुरा भएको पाटीका अध्यक्ष शिव आङ्ला(लिम्बू) ले जानकारी दिनुभयो ।

‘अब भोलीबाटै हाम्रा नेता तथा कार्यकर्ताहरु अभियानका लागि जिल्लाका गाउँ,टोलहरुमा जानेछन्’–लिम्बूले भन्नुभयो ।

आज भएको निर्वाचन क्षेत्र ‘क’ को प्रशिक्षण कार्यक्रममा जिल्ला पार्टीका सचिव पर्शु नेपाल,उपसचिव नैन बिश्वकर्मा,सचिवालय सदस्य द्वय गिता अधिकारी र नकुल राई र जिल्ला कमिटी सदस्य बसन्त राईले अभियानको योजना प्रस्तुती तथा सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रममा निर्वाचन क्षेत्र ‘क’का जिल्ला कमिटी सदस्य,वडा अध्यक्ष भन्दा माथिका जनप्रतिनीधिहरु,पालिका कमिटी पदाधिकारीहरु,वडा पाटी कमिटी अध्यक्षहरु,पालिका कमिटी पदाधिकारीहरु र वडाका अभियान प्रमुखहरुको सहभागिता रहेकोे निर्वाचन क्षेत्र ‘क’ का निर्वाचन क्षेत्रीय समन्वय कमिटीका संयोजक खजिन्द्र राईले जानकारी दिनुभयो ।

कार्यक्रममा केन्द्रिय सदस्यद्वय बिनादेवी राई र जीवन घिमिरे,प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा,उपाध्यक्ष टिकाराम चेम्जोङले पाटीका नेता तथा कार्यकर्ताहरुलाई सहजिकरण तथा प्रशिक्षण दिनुभएको थियो ।

माघ ६ देखि शुरु भएको अभियान तोकिएको समय बैसाख ३ गते नै सकिने पाटिका प्रचार बिभाग प्रमुख रबिन कट्टेलले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।