सुजन गुरुंगको सभापतित्वमा रास्वपा पाख्रीबास ४ मा वडा समिति गठन
धनकुटा,२६ माघ । धनकुटाको पाख्रीबास नगरपालिका– ४ नं वडामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा तदर्थ समिति गठन गरेको छ ।
भेलाले सुजन गुरुंगको सभापतित्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
समितिको उपसभापतिमा तिर्था कट्टेल, सचिव उर्मिला बिक, सहसचिव मिलन गिरी र सदस्यहरुमा मुना बिक,भावना बिक,कविता राई,निर्मला राई र निर्मला भण्डारी थापा रहेको रास्वपा पाख्रीबास नगरपालिका संगठन विभाग प्रमुख बिष्णु बिक्रम निरौलाले जानकारी दिए ।
कार्यक्रममा रास्वपा प्रदेश समिति सदस्य डा.खगेन्द्र कटुवाल,जिल्ला सदस्य रुद्र बहादुर राउत लगायत नपा समिति सभापति मणि कुमार भुजेल लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
भेलाले चांडै वडा अधिबेशन गर्ने पनि निर्णय गरेको छ ।




