भोजपुरमा लागुऔषध सहित तीन जना पक्राउ

भोजपुर, माघ २८ गते । भोजपुरको भोजपुर नगरपालिका-९ स्थितबाट लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

माघ २७ गते जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोली टेम्केमैयुङ गाउँपालिका-२ का २२ बर्षीय कन्चन बस्नेतलाई ट्रामाडोल र स्पास्पेन गरी जम्मा २० चक्की लागुऔषध सहित र भोजपुर नगरपालिका-९ का अनिल राई र उनको दाजु रमेश राईलाई उनिहरुको घर कोठा खानतलासी गर्दा सुत्ने कोठाबाट ट्रामाडोल २ हजार ५० चक्की, स्पासपेन २ हजार ७० चक्की, १२० ग्राम गाँजा र नगद ९७ हजार १० रुपैँया बरामद गरेको हो ।

पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।