जनताको काम सकेर कृषिमा अग्रसर उर्लाबारीका वडाध्यक्ष मोक्तान

उर्लाबारी, २९ माघ । जनताको सेवा, वडाको विकास, र समाजसेवामा समर्पित नरबहादुर मोक्तान उर्लाबारी–९ का एक कुशल वडाध्यक्ष मात्र होइनन्, उनी एक सफल कृषक पनि हुन्।
 
बिहानैदेखि राति अबेरसम्म वडाको काममा खटिएर बाँकी समय कृषिमा बिताउने उनको शैली अन्य जनप्रतिनिधिहरूका लागि प्रेरणादायी छ।
 
जनताको सेवामा सक्रिय मोक्तानले कृषिलाई पनि आफ्नो प्रमुख प्राथमिकता बनाएका छन्। २०७१ सालमा स्थापना भएको राजघाट कृषि उत्पादन केन्द्र मार्फत उनले १४ जनालाई रोजगारी दिएका छन्। हाल सो केन्द्रबाट दैनिक २५० किलो च्याउ उत्पादन हुँदै आएको छ। उनका अनुसार कृषिलाई केवल व्यवसाय मात्र नभई स्वदेशमै रोजगारी सिर्जना गर्ने अवसरको रूपमा अघि बढाउनु आवश्यक छ। २० लाख लागतमा सन्चालनमा ल्याईएको सो च्याउ फर्ममा  कन्ये, मिल्की र डल्ले उत्पादन हुन्छ । बजार स्थानिय ठाउँ नै हो । ब्यापारमा समस्या छैन । माग धान्न हम्मे हुन्छ, नरबहादुरलाई । 

उनका अनुसार वार्षिक १५ लाख आम्दानी हुन्छ। 
 
वडाध्यक्ष मोक्तानले कालोपत्रे सडक, पूर्वाधार निर्माण, र कृषिमा लगानी जस्ता कार्यलाई विशेष प्राथमिकता दिएका छन्। फरक राजनीतिक विचार राख्नेहरू समेत उनको कार्यशैली र इमानदारिताको प्रशंसा गर्छन्। 
 
स्थानीयहरू भन्छन् – ‘उहाँ पदमा नहुँदा पनि पहुँच राख्ने व्यक्ति हुनुहुन्थ्यो, अहिले त जनप्रतिनिधि भएपछि झन् धेरैको सेवा गर्न सक्नु भएको छ।’
 
बहुदल आएपछि  २०४९ साल मा उनले गाबिस उपाध्यक्षमा उम्मेदवारी दिएका थिए। त्यसपछि २०५४ सालमा गाबिस अध्यक्षमा उठे तर दुबैमा पराजित भए। विदेशी भूमिबाट फर्किएपछि उनले पुनः कृषिमा सक्रियता देखाए। पछि स्वतन्त्र रूपमा उर्लाबारी–९ को वडा अध्यक्षमा उम्मेदवारी दिए, तर झिनो मतले पराजित भए। त्यसपछि नेपाली कांग्रेसबाट पुनः उम्मेदवारी दिएर प्यानलसहित विजयी भए।
 
‘म जनताको सेवा गर्न आएको हुँ। मेरो व्यक्तिगत खर्च कृषिबाटै चल्छ,’ मोक्तान भन्छन्। उनका छोराछोरी अध्ययन गरेर योग्य स्थानमा पुगेका छन्। म विशुद्ध समाजसेवाका लागि राजनीतिमा आएको हुँ, उनी भन्छन्।
 
उनी भन्छन्, ‘जितेर गएर पछि म केवल जनप्रतिनिधि होइन, साझा प्रतिनिधि बनेको छु। कृषि क्षेत्रलाई प्रविधिसँग जोड्दै आत्मनिर्भर बनाउनुपर्ने उनको धारणा छ। विकास र उत्पादनलाई सँगै अगाडि बढाउन सके मात्र देशले समृद्धि पाउनेछ,’ उनी भन्छन्।
 
मोक्तानले तीन वर्ष बहराइन, त्यसपछि ६ वर्ष कोरिया, ६ महिना मलेसिया, १ वर्ष थाइल्यान्ड र ६ महिना ताइवान बसेर विभिन्न अनुभव संकलन गरे। तर, गाउँको विकास मोह कहिल्यै हराएन। स्वदेश फर्किएपछि उनले कृषिमा लगानी गरे र जनताको सेवामा निरन्तर लागिरहे।
 
उनको योजनामा उर्लाबारी–९ लाई कृषि, पर्यटन, र पूर्वाधारको हब बनाउने लक्ष्य छ। उनी भन्छन्, कृषिलाई प्रविधिसँग जोड्न सकेमा मात्र युवा विदेशिनु पर्दैन। म यही उदाहरण दिन चाहन्छु।
 
उनको योगदानले उर्लाबारी–९ मात्र होइन, सिंगो उर्लाबारी क्षेत्र नै आत्मनिर्भर हुन सक्ने सम्भावना देखिएको छ। ‘विकास भनेको गफ होइन, काम हो। म काम देखाउन चाहन्छु,’ मोक्तानको प्रतिबद्धता छ।
 
नरबहादुर मोक्तान एक त्यस्ता जनप्रतिनिधि हुन्, जसले सधैं जनताको सेवामा आफूलाई समर्पित गरेका छन्। कृषि र विकासमा उनको लगानीले उर्लाबारी–९ मात्र नभई अन्य वडाहरूका लागि पनि उदाहरणीय कार्यहरू प्रस्तुत गरेको छ। उनको नेतृत्वमा उर्लाबारी–९ थप समृद्ध हुने विश्वास स्थानीय बासिन्दाले गरेका छन्।

हाम्रो वडाध्यक्ष मोक्तानले देखाएको बाटोमा अन्य जनप्रतिनिधिहरूले पनि हिड्नुपर्छ – स्थानीय अमृत थक्लुङको भनाई छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।