झापाको शिवसताक्षीमा घरभित्रै नग्न अवस्थामा एक महिलाको शव फेला

झापा । झापाको शिवसताक्षीमा घरभित्रै नग्न अवस्थामा एक महिलाको शव भेटिएको छ । शिवसताक्षी ११ को दुधेमा घरमा एक्लै बस्दै आएकी महिला घरैभित्र मृत अवस्थामा भेटिएकी हुन् ।

करिब ५५ वर्षीय गंगाकुमारी लिम्बूको आफ्नै घरभित्र नग्न अवस्थामा शव भेटिएको वडा अध्यक्ष बहादुर आङ्गबोले जानकारी दिए । उनले अहिले शवलाई पोस्टमार्टम गर्न लैजाने तयारी भइरहेको जानकारी दिए ।

हिजो सोमबारबाट ती महिलालाई छिमेकीहरुले नदेखेको र आज पनि घरमा ढोका लगाइरहेको पाएपछि झ्यालबाट हेर्दा भान्साकोठामा लडिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

स्थानीय डम्बर खड्काका अनुसार अहिले इलाका प्रहरी कार्यालय झिलझिलेको टोली र जनप्रतिनिधिले ढोका फोरेर शवलाई निकालेका छन् ।

गंगाकुमारीका श्रीमान् धर्मध्वज लिम्बू भारतीय भूतपूर्व सैनिक भएकाले उनी उतै बस्दै आएको छिमेकीहरुको भनाइ छ । छिमेकीका अनुसार गंगाकुमारी धेरैजसो मादक पदार्थ सेवन गर्थिन् ।-झापाटुडे

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।