धनकुटामा नसर्ने रोग रोकथामका लागि एक महिने पहिचान अभियान सुरु
धनकुटा,१ फागुन । प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटा कोशी प्रदेशले नसर्ने रोगहरुको रोकथाम, प्रारम्भिक पहिचान र ब्यबस्थापनका लागि अभियान सुरु गरेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले धनकुटा सदरमुकाममा रहेको त्रिवेणी माध्यमिक विद्यालयका विद्यार्थीमाझ एक कार्यक्रम गरि मधुमेह, उच्चरक्तचाप र मृगौला रोगको पहिचानका लागि एक महिने अभियान सुरु गरेको हो ।
अभियान अन्तर्गत फागुन महिनाभर धनकुटाका सातवटै स्थानीयतहमा नसर्ने रोगको अबस्था पहिचान गर्न लक्षित उमेर समूहका ब्यक्तिहरुको स्वास्थ्य परिक्षण, रोकथामका लागि अपनाइनुपर्ने सावधानीका बिषयमा सचेतना कार्यक्रम संचालन गरिने कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो ।


