विराटनगरमा अनलाइन नागरिकता सिफारिस सम्बन्धि दुई दिने अभिमुखीकरण सम्पन्न

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा अनलाइन नागरिकता सिफारिससम्बन्धी दुईदिने अभिमुखीकरण सम्पन्न भएको छ ।
अभिमुखीकरण कार्यक्रमको महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले समापन गर्नुभयो ।

दुईदिनसम्म सञ्चालन भएको अभिमुखीकरणमा १९ वटै वडाका सचिव र सिफारिस हेर्ने कर्मचारी सहभागी भएका थिए । उनीहरुलाई अनलाइन डाटा इन्ट्री, वडामा डाटा इन्ट्री गरिसकेपछि जिल्ला प्रशासन कार्यालय पठाउने तरिका, नयाँ नागरिकताका लागि अनलाइन सिफारिस, सिफारिस गर्नुभन्दा अगाडि आवश्यक पर्ने कागजातलाई स्क्यान गर्ने तरिकालगायतका विषयमा जानकारी गराइएको थियो । समापन कार्यक्रममा कार्यबाहक मेयर कार्कीले नागरिकताको अनलाइन सिफारिसले जिल्ला प्रशासन कार्यालयमा हुने ढिलासुस्ती र झन्झट कम हुने दाबी गर्नुभयोे ।

सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालयमा घण्टौं लाइनमा बस्नुपर्ने झन्झट समाप्त हुने उहाँको भनाइ थियो । उहाँले अब कुनै कारणले नागरिकता हराए वा नष्ट भएमा त्यसको विवरण सहजै पाउन सकिने उल्लेख गर्नुभयो । सिफारिस गर्दा कर्मचारीलाई समस्या नहोस् भनेर महानगरले तालिम सञ्चालन गरेको कार्कीले जानकारी दिनुभयो । कार्कीले आउँदा आइतबारदेखि १९ वटै वडाबाट अनिवार्य रुपमा अनलाइन नागरिकता सिफारिस गरिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

समापन समारोहमा मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अनलाइन नागरिकता सिफारिस वडाबाट भएर आएपछि सेवाग्राहीको सनाखत गरेर तत्काल नागरिकता प्रमाणपत्र प्रदान गर्ने सहज भएको बताउनुभयो । यो प्रविधिको प्रयोगले समयको बचतका साथै सहज सेवा पाउनुका साथै आवश्यक परेको बेला तत्काल अभिलेख पनि पाउन सहज भएको उहाँको भनाइ थियो । अनलाइन प्रणाली सुरु भएपछि अभिलेखीकरणमा सहजता, सेवाप्रवाहमा छरितो, झुटा र कीर्ते विवरण भरेर नागरिकता लिने कार्य रोक्न गृह प्रशासनले सीसीआईएमएसलाई अगाडि बढाएको छ । प्रजिअ यादवले मोरङका १७ स्थानीय तहका १५९ वडामा एक साथ यो सेवा सुरु भइसकेको जानकारी दिनुभयो ।

यो सेवाले नागरिकता छिटोछरितो प्राप्त गर्नुका साथै आवश्यक परेका बेला तत्काल रेकर्ड फेला पार्न सहज हुने प्रजिअ यादवको भनाइ छ । यस प्रणालीमा प्रिन्ट गरिएको अनुसूची सिफारिसलाई विस्थापन गर्दै अनलाइन माध्यमबाट नागरिकताको सिफारिस पठाउने सुविधा हुन्छ । नागरिकताका लागि आवश्यक विवरण र कागजात वडा कार्यालयले यस प्रणालीमा प्रविष्ट गरी पूर्ण विवरणसहित अनुसूचीको प्रिन्टमा वडाध्यक्षले हस्ताक्षर गरेर सेवाग्राहीलाई दिने व्यवस्था मिलाउन प्रजिअ यादवले निर्देशन दिनुभयो ।

अभिमुखीकरणमा सहभागीहरुलाई महानगरको आइटी शाखाकी इन्जिनियर अर्चना कर्ण, इन्जिनियर यादव श्रेष्ठ, जिल्ला प्रशासन कार्यालयका कर्मचारी आलोक आनन्दले सहजीकरण गर्नुभएको थियो । अनलाइन सिफारिस प्रणाली छिटो र छरितो भएका कारण वडा कार्यालयमा सेवाग्राहीले लामो समय पर्खिनु नपर्ने इन्जिनियर कर्णले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।