विराटनगर महानगरद्वारा विस्थापन गर्ने निर्णय गरेको भोलिपल्टै एक दर्जन ढुंगाको ढक–तराजु नियन्त्रण

विराटनगर । विराटनगर महानगरपालिकाले हटियामा प्रयोग गरिने ढुंगाको ढक विस्थापन गर्ने निर्णय गरेको भोलिपल्टै बिहीबार एक दर्जनभन्दा बढी ढुंगाको ढक र तराजु नियन्त्रणमा लिएको छ ।

उपमेयर शिल्पा निराला कार्कीको अध्यक्षतामा बसेको ‘बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति’को बुधबार बसेको बैठकले अनुगमनलाई तीव्र पारेर ढुंगाको ढक प्रयोगलाई विस्थापन गर्ने निर्णय गरेको थियो । बिहीबार महानगरका प्रहरी प्रमुख राजन पौडेलको नेतृत्व टोलीले विराटनगर–५ स्थित पृथ्वीचोकबाट एक दर्जनभन्दा बढी ढुंगाको ढक र तराजु नियन्त्रणमा लिएको छ । अबदेखि महानगर क्षेत्रभित्र लाग्ने हाटबजारमा ढुंगाको ढक र तराजुलाई विस्थापन गरिने कार्कीले जानकारी दिनुभयो ।

बिहीबारदेखि नै नगर प्रहरी परिचालन गरेर ढुंगाको ढक, तराजु नियन्त्रण सुरु गरिएको उहाँले बताउनुभयो । ‘हाटबजारमा नापतौल गर्ने ढक ढुंगाको तथा अन्य वस्तुबाट मापन गरिरहेको पाइएको हुँदा अनिवार्य रुपमा मापदण्डबमोजिम ढक प्रयोग गर्न÷गराउन नगर प्रहरीमार्फत प्रचारप्रसार गर्ने निर्णय गरिएको छ,’ उपमेयर संयोजक रहेको समितिले गरेको निर्णयमा भनिएको छ । विशेषगरी साप्ताहिक रुपमा लाग्ने हाटबजारमा नापतौलका लागि ढुंगाको ढक प्रयोग गर्ने गरेको पाइन्छ । जसबाट उपभोक्ता ठगिने क्रम बढेको भन्दै महानगरले अबदेखि ढुंगाको ढकलाई पूर्ण रुपमा विस्थापन गर्ने भएको छ ।

त्यस्तै समितिको बैठकले माछा र तरकारीको बिक्रीस्थल छुट्टाछुट्टै स्थानमा रहने व्यवस्था गर्ने निर्णय गरेको छ । महानगरको नियमन क्षेत्राधिकारभित्र सञ्चालनमा रहेका सम्पूर्ण मासु पसललाई महानगरको मापदण्डबमोजिम व्यापार गर्ने विषयमा प्रतिबद्ध गराउन १५ दिनको म्याद दिने बैठकले निर्णय गरेको छ । साथै आफूले मापदण्डबमोजिम मासु पसल सञ्चालन गरेको स्वघोषणापत्रसमेत संकलन गर्ने निर्णय गरिएको समितिकी संयोजकसमेत रहनुभएकी उपमेयर कार्कीले जानकारी दिनुभयो ।

बैठकले बजारमा विषादीयुक्त तरकारी तथा फलफूल बिक्री भइरहेको जनगुनासो आएको भन्दै महानगरले तरकारी तथा फलफूलको विषादी परीक्षण गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयसँग समन्वय तथा सहकार्य गर्ने निर्णय गरेको छ । अबदेखि हरेक हप्ताको शुक्रबार सरोकारवाला निकायका प्रतिनिधिसमेतको सहभागितामा संयुक्त रुपमा बजार अनुगमन गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो । ‘यसअघि पनि बजार अनुगमन गरिरहेका थियौं,’ समितिकी संयोजक कार्कीले भन्नुभयो, ‘अबदेखि दिनै तोकेर अनुगमन गर्ने निर्णय गरेका छौं ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।