प्रहरी चौकी म्याङ्लुङ तेह्रथुमको नव निर्मित कार्यालय तथा व्यारेक भवनको समुद्‍घाटन

तेह्रथुम, फाल्गुन १ गते । तेह्रथुमको म्याङ्लुङ नगरपालिका- २ स्थित प्रहरी चौकी म्याङ्लुङ परिसरमा नव निर्मित कार्यालय तथा ब्यारेक भवनको समुद्‍घाटन भएको छ ।

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यता तथा म्याङ्लुङ नगरपालिकाका उप-प्रमुख जमुना कार्की सुबेदी र तेह्रथुम जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी बिक्रम लिम्बुको विशेष आतिथ्यतामा कार्यालय तथा व्यारेक भवनको आज समुद्‍घाटन भएको हो ।

उद्‍घाटन कार्यक्रमलाई सम्वोधन गर्नु हुँदै प्रदेश प्रहरी प्रमुख अधिकारीले नागरिकमा प्रहरी सेवा उपलव्ध गराउदै आईरहेको प्रहरी चौकीले नव निर्मित भवन प्राप्त भए संगै प्रहरी कर्मचारीहरुलाई यस्ता भौतिक सुबिधाले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकुल वातावरण सिर्जना गर्ने बताउँदै सुबिधा सम्पन्न भवन प्राप्त भएसंगै थप जोस र उर्जाका साथ दुर्जनको लागि डर र सज्जनको लागि भर भई आम नागरिकहरुमा प्रहरी सेवा प्रदान गर्न कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भयो ।

भवन उद्‍घाटन कार्यक्रममा स्थानिय जनप्रतिनिधी, सुरक्षा निकायका प्रमुखहरु, स्थानिय बासी तथा संचारकर्मीहरु समेतको उपस्थिति रहेको थियो ।

नव निर्मित भवन कोशी प्रदेश सरकारको बिनियोजित बजेट २० लाख ७६ हजार ८९२ रुपैयाको लागतमा निर्माण कार्य सम्पन्न भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।