जिल्ला प्रहरी कार्यालय तेह्रथुम परिसरमा निर्मित पुस्तकालय, शिशु स्याहार केन्द्र,अतिथि गृहको उद्‍घाटन तथा निरीक्षण भ्रमण

तेह्रथुम, फाल्गुन १ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले फाल्गुन १ गते जिल्ला प्रहरी कार्यालय तेह्रथुमको निरीक्षण भ्रमणको क्रममा कार्यलय भवन, सम्पुर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै कार्यालय परिसरमा निर्मित पुस्तकालय, शिशु स्याहार केन्द्र तथा अतिथि गृहको समेत उद्‍घाटन गर्नु भएको छ ।

कार्यालय निरीक्षण तथा उद्‍घाटन कार्यक्रम पश्चात प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशनको क्रममा वहाँले सुरक्षा सदैव सम्वेदनशिल बिषय भएकोले आफुलाई सुम्पिएको जिम्वेवारी चुस्त दुरुस्त अवस्थामा अनुशासित तवरले विश्राम नलिई आफ्नो पदिय दायित्व निर्वाह गर्न र समाजलाई जीवन्त राख्न ईमान्दारीताका साथ प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ ।

वहाँले नतिजामुलक कार्य गरी सदैव प्रहरी संगठनको गरीमालाई उच्च बनाउन जोड दिनुका साथै श्रोत साधनको अभाव रहेको भनेर गुनासो मात्र गर्ने होईन, अभावलाई व्यवस्थापन गरेर नागरिकको मन जित्ने गरी काम गर्नु पर्ने बताउनु भएको छ ।

समाजमा शान्ति सुरक्षा स्थापना गर्ने प्रहरीको प्रमुख जिम्वेवारी रहेको बताउदै अपराधिक गतिविधिलाई नियन्त्रण गर्न कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाउनका साथै सामुदाय प्रहरी साझेदारी कार्यक्रमलाई निरन्तरता दिदै दुरदराजमा रहेका नागरिकहरुमा प्रहरी सेवाको पहुच पुर्‍याउन गस्ति परिचालन तथा सचेतनामुलक कार्यक्रम संचालन गरी समाजमा घट्ने बिभिन्न प्रकारका अपराधका घटनाहरुलाई निरुत्साहित गर्न सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।

निरीक्षण भ्रमणको क्रममा पाल्नु भएका वहाँले उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत समेत गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।